कुमुदिनी होम्समा अङ्ग्रेजी हिज्जे सम्पन्न



सुरेन्द्र  सदिच्छा

पोखरा । पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रवार विद्यालयको वार्षिक कार्यतालिकाअनुसार आधारभूत तह स्तरीय अन्तरसदनात्मक अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

आधारभूत तह संयोजक सजनी मजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा रातो सदनका ओजस्वी भुजेल, पुनम सुनार, शेन गुरुङ र चाहना आचार्यको समूह प्रथम हुन सफल भएको थियो । त्यस्तै निलो सदनका सारा गुरुङ , संस्कृति गैह्रे, अभिषेक चोचाङ्गी र एन्जिला ढकालको समूह द्वितीय भएको थियो ।

शिक्षकहरू श्रवण कुमार तिमिल्सिना र भुवन गुरुङ हिज्जे मास्टर रहनुभएको प्रतियोगितामा समय पालकको भूमिकामा शिक्षक नवराज गुरुङ र अङ्कनको भूमिकामा शिक्षिका मुना देवकोटा रहनुभएको थियो ।

Post a Comment

Previous Post Next Post