पोखरा । पोखरा ४ गैह्रापाटनमा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा एसइई दिएर बसेका विभिन्न जिल्लाका ७१ विद्यालयका विद्यार्थीहरुबीच प्रथम एसइई कप २०८१ मंगलबारबाट सुरू भएको छ ।
प्रतियोगितामा फुटसल
तथा बास्केटबल खेल समावेश गरिएको छ । बास्केलबल कुमुदिनी विद्यालयकै बास्केटबल
कोर्टमा भईरहेको छ भने फुटसल गणेश टोलमा रहेको वि - फिट फुटसलमा खेलाईँदैछ ।
विद्यालयका संस्थापक
अध्यक्ष अशोक पालिखेले एसइई दिएर बसेका विद्यार्थीहरुलाई समय खेर नफाल्न, सौहार्दता बढाउन तथा एकापसमा हेलमेलको मैत्रीपूर्ण वातावरण बनाउन
प्रतियोगिता आयोजना गरिएको बताए ।
पालिखेले विद्यार्थीलाई
पढाईको साथसाथै अतिरिक्त क्रियाकलापमा पनि घुलमिल गराउन अत्यन्त आवश्यक भएको
बताउँदै खेलकुदको माध्यमबाट एकापसमा परिचय गराउनु पनि रहेको बताए ।
प्रतियोगितामा काठमाडौं, स्याङ्जा, लमजुङ, म्याग्दी
लगायतका जिल्लाहरुबाट ७१ विद्यालयका छात्रहरू फुटसलमा सहभागी भएका छन् । बास्केटबलतर्फ ४३ विद्यालयका छात्रहरू सहभागी भएका छन् भने छात्रातर्फ ११ विद्यालयका
विद्यार्थीहरू सहभागी भएका कुरा पालिखेले जानकारी दिए ।
फुटसलमा विजेता टोलीले
नगद १५ हजार, ट्रफि, मेडल र प्रमाण
पत्र पाउने छन् । दोश्रोले रुपैयाँ १० हजार तथा तेस्रोले रुपैयाँ ५ हजार पाउने छन्
।
बास्केटबल तर्फ पुरुष
विजेताले रुपैयाँ १५ हजार, दोश्रोले रुपैयाँ १० हजार र
तेश्रोले रूपैयाँ ५ हजार, महिला तर्फ पनि पहिलो, दोश्रो र तेस्रो हुने क्रमश: रुपियाँ १५ हजार, रुपैयाँ
१० हजार र रुपैयाँ ५ हजार, ट्रफि, मेडल
र प्रमाण पत्र पाउनेछन् ।
कार्यक्रमको पोखरा
महानगरपालिका वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुलीले रेफ्रीलाई बल हस्तान्तरण गरी
उद्घाटन गरेका थिए ।
सो अवसरमा उनले
विद्यार्थीको पढाईको साथमा विद्यालयले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी
गराउनु सबैका लागि उदाहरणीय विषय भएको बताए ।
कार्यक्रममा
प्रतियोगिताका संयोजक तथा व्यवस्थापन संकाय संयोजक विकास ढुङ्गानाले प्रतियोगितामा
सहभागी खेलाडी सबैलाई आभार व्यक्त गर्दै अनुशासित भएर प्रतियोगितामा सरिक भई
उत्कृष्ट खेल खेल्न अनुरोध गरे ।
विद्यालय व्यवस्थापन
समितिका सदस्य राज बहादुर गुरुङले विभिन्न जिल्लाका ७१ विद्यालयका विद्यार्थीलाई
प्रतियोगितामा सरिक गराई सौहार्दपूर्ण वातावरण बनाएकोमा विद्यालयको प्रशंसा गरे ।
उनले अनुशासन खेलको
महत्वपूर्ण पाटो रहेकोले सो अनुसार खेल खेल्न अनुरोध गरे । उद्घाटन समारोहको
कार्यक्रम विद्यालयका शिक्षक सुरेन्द्र सदिच्छाले सञ्चालन गरेका थिए । मंगलबार
भएका खेलहरूमा २५ विद्यालय दोस्रो चरणमा प्रवेश गरेका छन् । पहिलो दिनको दोस्रो चरणमा
प्रवेश गरेका टिमहरूमा छात्रा बास्केटबलतर्फ कुमुदिनी होम्स मा.वि. र विन्देश्वरी
आदर्श मा.वि. , छात्र बास्केटबलतर्फ पाँच विद्यालय र
फुटसलतर्फ १८ वटा विद्यालय दोस्रो चरणमा प्रवेश गरेका छन् ।
जनप्रकाश मा.वि. र
बालप्रभात बोडिङ स्कुल बिच भएको खेलमा जनप्रकाशका सुवाश सुनारले चार र सोही
विद्यालयाका सुजन वि.क.ले तीन गोल गरेका थिए ।
Post a Comment