पोखरा महानगरद्वारा कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगित

 


पोखरा । पोखरा महानगरपालिकाले कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगन गरेको छ । महानगरको शिक्षा महाशाखाद्वारा मङ्गलवार जारी सूचनामा विशेष कारणवश अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगन गरिएको उल्लेख छ ।

शैक्षिक सत्र २०८१ को आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) मा २ विषयमा NG आएका विद्यार्थीका लागि वैशाख १० गतेदेखि १७ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने गरी समयतालिका सार्वजनिक गरिएको थियो ।

Post a Comment

Previous Post Next Post