पोखरा । पोखराको ग्रैह्रापाटनमा रहेको कुमुदिनी होम्स माविले कास्कीका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क पोसाक सहयोग गरेको छ । कास्कीको भुर्जुङखोलामा रहेको हिमालयन आधारभूत विद्यालय र माछापुच्छ्रे गाउँपालिका २ मा रहेको बाराही आधारभूत विद्यालयलाई होम्सले आइतवार सहयोग हस्तान्तरण गरेको हो ।
कुमुदिनी
होम्सका संस्थापक अध्यक्ष अशोक पालिखेका अनुसार ४३ जना विद्यार्थी रहेको बाराही
आधारभूत विद्यालयमा ८ हजारको पोशाक र २३ जना विद्यार्थी रहेको हिमालयन आधारभूत
विद्यालयमा १५ हजारको पोशाक प्रदान गरिएको हो । कुमुदिनी होम्सले विद्यालय पोशाक
बाहेक दिवाखाजाका लागि रकम र स्टेशनरी सामाग्रीसमेत उपलब्ध गराउँदै आएको छ ।
दिवाखाजा र पोशाकको लागि लोटस फाउण्डेसन जर्मनीको सहयोग रहेको छ भने स्टेशनरी
लगायत अन्य आवश्यक सामाग्रीहरु भने कुमुदिनीम होम्स र त्यहाँ अध्ययनरत कक्षा
एकदेखि १० सम्मका विद्यार्थीहरुले नै जम्मा गरेर उपलब्ध गराउने गरेका छन् ।
कुमुदिनी
होम्स माविले दिवाखाजाका लागि यसवर्ष बाराही आविमा बार्षिक ८० हजार र हिमालयन आविमा बार्षिक ४० हजार उपलब्ध गराउने
भएको छ । संस्थापक पालिखेले जसमध्ये बाराही आविलाई पहिलो किस्तामा ४० हजार र
हिमालय आविलाई पहिलो किस्ता २० हजार उपलब्ध गराउने उल्लेख गरे । यसबाहेक कुमुदिनी
होम्सले यी दुई विद्यालयमा आवश्यक फर्निचर सामाग्री सहयोग तथा शिक्षक तालिम समेत
गर्दै आएको छ ।
बाराहीका
प्रअ रामप्रसाद आचार्यले भौगौलिक कठिनाईका कारण वर्षेनी विद्यार्थी संख्या घट्दै
गईरहेको अवस्थामा कुमुदिनी होम्समार्फत लोटस फाउण्डेसनको सहयोग आउन थालेपछि
विद्यार्थी संख्या बढ्दै गएको बताए । साथै दिवाखाजा उपलब्ध नहुँदा शिक्षकहरुले
खाजा खाईरहँदा साना साना बाबुनानीहरु झ्यालबाट हेरीरहँदा खल्लो महशुस हुने गरेकोमा
अहिले दिवाखाजाको लागि रकम आउन थालेपछि खुशि छाएको बताए ।
हिमालयन
आधारभुत विदयालयका प्रअ प्रेम कुमारी तिम्सिनाले गत वर्ष ३५ जनाभन्दा बढि
विद्यार्थी रहेकोमा यसवर्ष घटेर २३ जना पुगेको जानकारी गराईन् । बाहिरी जिल्लाबाट
अस्थायी कामको खोजीमा अभिभावकहरु आउने र पछि काम सकिएपछि बालबालिकालाई पनि पुनः
फर्काएर लैजाने गरेको कारण पनि विद्यार्थी घट्दै गएको गुनासो सुनाईन् । प्रअ
तिम्सिनाले कुमुदिनी होम्सको सहयोग आगामी वर्ष पनि निरन्तर रहिरहने अपेक्षा रहेको
सुनाईन् ।
नेपाल
सरकारले पनि निजि विद्यालयहरुले सामुदायिक विद्यालयलाई सहयोग गर्न निर्देशन गर्दै
आएकोमा कुमुदिनी होम्सले भने बाराही आविमा विगत ८ वर्षदेखि र हिमालयन आविमा विगत
१२ वर्षदेखि विद्यार्थी संख्याको आधारमा पोशाक, दिवाखाजा, स्टेशनरी, फर्निचर लगायत सहयोग गर्दै आईरहेको छ ।
Post a Comment