टप्समा एसइई कप स्पोर्ट्स फेस्ट - EDUCATION NEWS NEPAL

अपडेट

Thursday, June 19, 2025

टप्समा एसइई कप स्पोर्ट्स फेस्ट



पोखरा । पोखराको बुद्धचोकस्थित टप्स सेकेन्डरी स्कुलमा बिहीबारदेखि स्पोर्ट्स फेस्टअन्तर्गत एसइई कप २०८२ सुरु भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी विद्यालयले स्पोर्टस् फेस्टको आयोजना गरेको हो । 

यही असार १० गतेसम्म सञ्चालन हुने फेस्टमा फुटसल, भलिबल (महिला र पुरुष), बास्केटबल (महिला र पुरुष) र साइन्स क्विज कन्टेस्ट खेल हुनेछन् । विद्यालयका खेलकुद संयोजक विमल देवकोटाका अनुसार फुटसलमा ५४ टीमको सहभागिता रहेको छ । यसैगरी बास्केटबलमा २४ छात्र र ४ छात्राको टीम, भलिबलमा ३२ छात्र र ८ छात्राको टीमको सहभागिता रहेको छ भने साइन्स क्विजमा ३२ टीम सहभागी हुदैछन् । पहिलो दिन भएको बास्केटबल प्रतियोगितामा ५ खेल मात्र भए । देवकोटाले शैक्षिक गतिविधिसंगै खेलकुदको क्षेत्रमा पनि छुट्टै पहिचान बनाउने उद्देश्यसाथ प्रतियोगिताको आयोजना गरिएको बताए । 

स्पोर्टस् फेस्टको उद्घाटन गर्दै पोखरा–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले खेल गतिविधिले एसइई दिएर बसेका विद्यार्थीको प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने बताए । उनले विद्यार्थीले कितावी ज्ञानले मात्र नभई खेल क्षेत्रबाट पनि आफ्नो भविष्य निर्माण गर्न सक्ने जनाए । ‘टप्स स्कुल शैक्षिक लगायत खेलकुदजस्ता गतिविधिका माध्ययमबाट देशकै अग्रणी शैक्षिक संस्थाको रुपमा बिकास भएको देख्न चाहन्छु’, उनले भने । कार्कीले प्रतियोगिताका प्रमुख रेफ्री दीपल गुरुङलाई बल हस्तान्तरण गरेका थिए । 

विद्यालयका अध्यक्ष बलबहादुर थापाले यतिबेला टप्स सेकेन्डरी स्कुलका विषयमा पोखरा मात्र नभई बाहिरी जिल्लाबासीले पनि चासोको साथ हेरेको बताए । आफूहरूले केही वर्षभित्रै विद्यालयलाई उत्कृष्ट बनाउने योजना साथ अघि बढेको भन्दै थापाले यसै क्रममा एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी प्रतियोगिताको आयोजना गरिएको बताए । 

विद्यालयका प्रवन्ध निर्देशक चन्द्रकान्त बस्ताकोटीले विद्यार्थीमा रहेको खेलकुदको प्रतिभालाई प्रदर्शन गर्ने माध्ययमका रुपमा प्रतियोगिता आयोजना गरिएको बताए । विद्यालयका खेलकुद शिक्षक ऋषिसरा थापाले खेलकुद अनुशासन र स्वास्थ्यको प्रतीक रहेको बताइन् । साइन्स केमेष्ट्री संयोजक विकल रानाभाटले चालु शैक्षिक सत्रबाट नयाँ व्यवस्थापनका साथ विद्यालय सञ्चालन भएको भन्दै कक्षा ११ मा विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्टको पढाई सुरु गर्न लागिएको जानकारी दिए । कार्यक्रमको सञ्चालन शिक्षक आत्माराम अधिकारीले गरेका थिए । 




No comments:

Post a Comment