![]() |
तस्बिरः कमला श्रेष्ठ |
पोखरा, असोज ११ गते । लघुकथा प्रतिष्ठान पोखराद्वारा आयोजित ७७ औँ नियमित लघुकथा वाचन सम्पन्न भएको छ।
लघुकथा प्रतिष्ठानका अध्यक्ष कल्याण पन्तको
अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा १६ जना लघुकथाकारहरूले आआफ्ना लघुकथा
वाचन गरेका थिए । लघुकथा वाचन गर्नेहरूमा ढाकामोहन बराल, गायत्री पराजुली, स्ट्रगल राना, कृष्णप्रसाद बास्तोला, डा. नवराज न्यौपाने, जमुना कायस्थ, गीता तिवारी, लोकचन्द्र खनाल, लक्ष्मी
थापा, काजी गाउँले, लक्ष्मण थापा 'हिमाली', विष्णु बास्तोला, लक्ष्मण
थापा, अल्पविराम पोखरेली, कल्याण पन्तलगायतका
थिए ।
उक्त प्रतिष्ठानका
संस्थापक अध्यक्ष अल्पविराम पोखरेलीले लघुकथा समीक्षा गर्ने र नियमित लघुकथा वाचन
गर्नेहरूका लघुकथाका मूल्याङ्कन गरी वर्ष दिनमा एकपटक प्रोत्साहन गर्नुपर्ने धारणासमेत
राखे । उक्त कार्यक्रममा लघुकथा प्रतिष्ठानका सदस्य ढाकामोहन बरालले लघुकथाकारहरूलाई
स्वागत गरेका थिए भने सो प्रतिष्ठानका सचिव विष्णु बास्तोलाले कार्यक्रम सञ्चालन
गरेका थिए ।
२०७४ चैत महिनाको १०
गते भएको साहित्यकारहरुको व्यापक छलफलपछि
पोखरामा हरेक महिनाको दोस्रो शनिवार नियमित लघुकथा वाचन हुँदै आएको छ ।