कुमुदिनी होम्समा नेपाली भाषा कौशल प्रतियोगिता - EDUCATION NEWS NEPAL

अपडेट

Friday, September 5, 2025

कुमुदिनी होम्समा नेपाली भाषा कौशल प्रतियोगिता

 


पोखरा,  भदौ २० गते । पोखरा महानगरपालिका गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रवार वार्षिक कार्यतालिकाअनुसार नेपाली भाषा कौशल प्रतियोगिता सम्पन्न भएको छ ।

आधारभूत तह इन्चार्ज सजनी मजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न पहिलो चरणको आधारभूत तह (६-८) अन्तर्गतको कार्यक्रममा यती सदनका आदित्य खत्री , श्रद्धा के.सी., एन्जिला ढकाल र एलिस आउजीको समूह प्रथम र गुँरास सदनका रियाना लामिछाने , चाहना आचार्य, नस्बिना गौतम र रबिना महतराको समूह द्वितीय भएका छन् । त्यस्तै दोस्रो चरणको माध्यमिक तह (९ र १० ) अन्तर्गतको कार्यक्रम सह प्राचार्य मुकेश कुमार अधिकारीको अध्यक्षता सम्पन्न भएको थियो । डाँफे सदनका ओजस्वी भुजेल , सक्षम गैह्रे र दिव्या आचार्यको समूह प्रथम र गुँरास सदनकै प्रसिद्धि थापा , प्रतीक पौडेल र विज्ञान सुवेदीको समूह द्वितीय भएका छन् ।

विद्यार्थीहरूमा भाषिक सिपहरू सुनाइ, बोलाइ र लेखाइ तिनै तहको विकासका लागि भाषा कौशल कार्यक्रमको आयोजना गरिएको कुरा अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक दिपेन्द्र थापाले जानकारी दिए । प्रतियोगितामा नेपाली विषय शिक्षकहरू उमा पोख्रेल, दिपक के. सी. र सुरेन्द्र सदिच्छा  निर्णायकको भूमिका रहेका थिए । शिक्षक भुवन गुरुङको प्राविधिक सहयोग रहेको कार्यक्रममा शिक्षिका मुना देवकोटाले अङ्कनको भूमिका निभाएकी थिइन् भने अतिरिक्त क्रियाकलाप संयोजक दिपेन्द्र थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

-->