पंज्ञानीको ‘युगान्तर’ महाकाव्यको परिचर्चा




‘गण्डकी साहित्य सङ्गम’, पोखराको आयोजनामा यही मिति २०८२ साल कार्तिक १० गतेका दिन प्रगतिवादी कवि मित्रलाल पंज्ञानीको महाकाव्य ‘युगान्तर’को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा समीक्षकद्वय प्राज्ञ डा. कृष्णराज अधिकारी र रामराज रेग्मीले ‘युगान्तर’ महाकाव्य जनबोलीको भाषामा लोकलयको प्रयोग गरी लेखिएको प्रगतिवादी विचार प्रवाहित कृति भएको उल्लेख गर्नुभयो । उहाँहरुले उक्त महाकाव्य विज्ञानसम्मत विचारले ओतप्रोत रहेको बताउनुभयो । सङ्गमका सल्लाहकार प्रा. रघुनाथ अधिकारी, प्रलेस गण्डकीका अध्यक्ष प्रा.डा. यदुनन्दन उपाध्याय, मार्क्सवादी अध्ययन स्रोत केन्द पोखराका अध्यक्ष झलकपाणि तिवारी, बुद्धिजीवी केशबहादुर परियार लगायतले महाकाव्यका बारेमा सङ्क्षिप्त चर्चाका साथ शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने महाकाव्यकार पंज्ञानीले सुन्दर तथा सभ्य समाज निर्माणका लागि आफूले यो कृति सिर्जना गरेको बताउनुभयो ।

कार्यक्रममा कविहरु नुमराज बराल, चिन्तु गिरी, विजया सुवेदी र सुरज उपाध्यायले महाकाव्यका केही श्लोकहरु गीती लयमा वाचन गर्नुभएको थियो भने सङ्गम सांस्कृतिक मञ्चका कलाकारहरु काजी गाउँले र विकास लुङ्गेलीले केही श्लोकहरुमा सङ्गीत भरेर गाउनुभएको थियो । कार्यक्रममा कवि तथा लेखकहरु प्राध्यापक गेहेन्द्रेश्वर कोइराला, यादवचन्द्र भुर्तेल, प्रा.डा. जगन्नाथ रेग्मी, नारायण परिश्रमी, विद्याविमल बराल, लक्ष्मण थापा, अम्बिका भण्डारी, हिमालयजङ्ग बानियाँ, धनबहादुर नेपाली, लक्ष्मण गौतम, लोचना अधिकारी, शोभा लामिछाने, गोमा पौडेल, कल्पना चिलुवाल, राधिका कँडेल, निर्मल सापकोटा, माधवप्रसाद मिश्र, धनप्रसाद तामाङ, रामचन्द्र आचार्य, हिमलाल श्रेष्ठ, रामजी थापा, शालिकराम देवकोटा, ढाकामोहन बराल, दुर्गाबहादुर शाह ‘बाबा’ रुपिन्द्र प्रभावी ‘कटु’, रुद्रबहादुर थापा, यामबहादुर सुर्खाली, टीकाराम वाग्ले, राजु क्षेत्री, नारायण अधिकारी, राजेन्द्र पौडेल, श्याम कुँवर, छवि सुवेदी ‘विजयी’ तेजबहादुर गुरुङ, कृष्ण के.सी., मातृका अधिकारी, भीमबहादुर श्रीस,  बुद्धिमान तामाङलगायत ७३ जनाको उपस्थिति रहेको थियो । 

सङ्गमका अध्यक्ष भीम रानाभाटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष पद्मराज ढकालले गर्नुभएको थियो भने सञ्चालन प्राज्ञ नारायण मरासिनीले गर्नुभएको थियो

Post a Comment

Previous Post Next Post