पोखरा, मङ्सिर ७ गते । पोखरा महानगरपालिका वडा नम्बर ४ मा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयको ३९ औँ खेलकुद सप्ताह आइतवारदेखि सुरु भएको छ । पोखरा रङ्गशालामा सम्पन्न भएको उद्घाटन समारोह संस्थापक अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा सम्पन्न भएको थियो । विद्यार्थीहरूले मार्चपास, पि.टी. प्रदर्शन र स्वागत नृत्य समेत प्रस्तुत गरेका थिए ।
पहिलो दिनमा छात्र/छात्रा
लङजम्प,
त्रिपल जम्प, छेलो, रिले
दौड जस्ता विभिन्न एथलेटिक्सका खेलहरू सम्पन्न भएका शिक्षक सुरेन्द्र सदिच्छाले
जानकारी दिए । खेलकुद अवधिभर विद्यार्थीहरूले कक्षागत, खुला
तथा अन्तरसदनात्मक गरी विभिन्न बाईस विधामा प्रतिस्पर्धा गर्ने विद्यालयका
अतिरिक्त क्रियाकलाप इन्चार्ज दीपेन्द्र थापा मगरले बताए ।
