ताजा

6/recent/ticker-posts

कुमुदिनी होम्सका विद्यार्थीद्वारा फेवाकिनार सरसफाइ

 


पोखरा, कार्तिक १९ गते । पोखरा महानगरपालिका ४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयका विद्यार्थीहरूले बुधबार फेवातालको किनारमा रहेको फुटपाथमा सरसफाइ गरेका छन् ।

सन् १९५६ मा बेलायतका राजकुमार फिलिप ड्युक अफ एडिनब्राले स्थापना गरेर हाल विश्वका विभिन्न  देशका विद्यालयहरूमा सञ्चालन भएको ड्युक अफ एडिनब्राज इन्टरनेशनल अवार्ड कार्यक्रमअन्तर्गत रहेर हरेक वर्ष विभिन्न चरणगत कार्यक्रम सञ्चालन गरिन्छ । युवाहरूमा आत्मविश्वास, नेतृत्व विकास र समाज सेवाप्रति योगदान गर्न सक्ने उदेश्य राखी स्वयं सेवा, शारीरिक गतिविधि, सीप र साहसिक यात्रा गरी चार चरणका कार्यक्रम हरेक वर्ष विद्यालयले सञ्चालन गर्दै आएको र उक्त सरसफाइ कार्यक्रम स्वयं सेवा चरण अन्तर्गत रहेर गरिएको कुरा कार्यक्रम संयोजक शिक्षक अभिशेक विश्वकर्माले जानकारी दिए । त्यस्तै ब्रोन्ज अवार्डका  विद्यार्थीहरू कक्षा ९ का ११ जना छात्र र ५ जना छात्रा सहभागी रहेको कुरा नेतृत्वकर्ता शिक्षक आशिष गुरुङले जानकारी दिए ।