पोखरा, कार्तिक २३ गते । पोखरा महानगरपालिका ४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले वार्षिक कार्यतालिकाअनुसार आइतवार तहगत रूपमा नेपाली वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।
पहिलो चरणको आधारभूत तह स्तरीय प्रतियोगिता आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कक्षा ७ (ख)का आदित्य खत्री प्रथम,कक्षा ७ (ग) की छात्रा संस्कृति गैह्रे द्वितीय, कक्षा ८(क) की छात्रा प्रतिष्ठा के.सी.तृतीय र कक्षा ७ (क) की छात्रा आयुषा लामाले सान्त्वना स्थान हासिल गरेका थिए । प्रतियोगी विद्यार्थीहरूले ' सहरीया जीवनभन्दा गाउँले जीवन प्रेरणादायी र रमणीय हुन्छ ' भन्ने विषयको पक्ष विपक्षमा आ-आफ्ना तर्क प्रस्तुत गरेका थिए । कक्षा ६ की विद्यार्थी नस्विना गौतमले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
त्यस्तै माध्यमिक तह (९-१२) अन्तर्गतको दोस्रो चरणको वादविवाद कार्यक्रम शिक्षक मन बहादुर
भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो । ' वैदेशिक रोजगारी
दीर्घकालीन समस्याको समाधान होइन '
विषयमा पक्ष विपक्षमा विद्यार्थीहरूले आफ्ना विचार व्यक्त
गरेका थिए । कक्षा १० की विद्यार्थी निशा छन्त्यालले सञ्चालन गरेकी कार्यक्रममा
कक्षा ११ विज्ञान संकायकी छात्रा अञ्जली के.सी. प्रथम, कक्षा
१० (ग) का प्रतीक पौडेल द्वितीय, कक्षा ९ (ग) की दिव्या
आचार्य तृतीय र कक्षा १० (ख) का सक्षम गैह्रेले सान्त्वना स्थान हासिल गरेका थिए ।
शिक्षकहरू इन्द्र राज बराल, उमा पोख्रेल र दिपक के.सी.
निर्णायक रहेको कार्यक्रममा शिक्षकहरू श्रवणकुमार तिमिल्सिना र विशाल विक्रम
बस्नेतको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको कुरा कार्यक्रम संयोजक शिक्षक
सुरेन्द्र सदिच्छाले जानकारी दिए ।

