नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशको दोस्रो अधिवेशनले
साहित्यकार दीपक समीप (लमजुङ) लाई सर्वसम्मत अध्यक्ष
चयन गरेको छ ।
त्यसैगरी नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण
थापा (कास्की), महिला उपाध्यक्षमा हिममाया पौडेल (कास्की), महासचिवमा सञ्जीव पौडेल (कास्की) , सचिवमा
मोती च्वाईं (पर्वत ), कोषाध्यक्षमा
चन्द्रावती वाग्ले (तनहुँ ), सदस्यहरुमा रमेशमोहन भट्टराई (कास्की), केशव अमगाइ (गोरखा), अम्बिकाप्रसाद भट्टराई (तनहुँ) र मणि डुम्रे (नवलपुर) रहेका छन् ।
नेपाली लेखक
सङ्घका निवर्तमान सचिव डा. गणेश शर्मा संयोजक र नेपाली लेखक
सङ्घका केन्द्रीय सदस्य अमृत
क्षेत्री सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति छनोट गरेको हो । कार्यक्रममा
नेपाली लेखक सङ्घ, गण्डकी
प्रदेशका नवनिर्वाचित अध्यक्ष दीपक समीपले सर्वसम्मत रूपमा निर्वाचन
सम्पन्न गरेकामा निर्वाचन
समितिलाई धन्यवाद ज्ञापन गरेका थिए ।
समीपले विविध साहित्यिक गतिविधिहरूमार्फत संस्थालाई क्रियाशील संस्थाको गरिमा अझै उच्च बनाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा
नेपाली लेखक सङ्घका निवर्तमान
केन्द्रीय अध्यक्ष साहित्यकार तीर्थ श्रेष्ठ
, केन्द्रीय सचिव मिलन
समीर, गण्डकीका निवर्तमान
अध्यक्ष डा. ईश्वरमणि
अधिकारी कास्कीका संस्थापक अध्यक्ष लक्ष्मीशरण
अधिकारी र निर्वाचन समितिका संयोजक डा.
गणेश शर्माले शुभकामना दिएका थिए ।
.jpeg)