पोखरा,
पुस १० गते । रूपा गाउँपालिका, वडा नम्बर ३ स्थित माईमैदान
आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा र स्टेसनरी सामग्री वितरण गरिएको
छ ।
जनप्रकाश बहुमुखी क्याम्पस, पोखरा २९ का क्याम्पस सञ्चालक समितिका अध्यक्षका अध्यक्ष तथा नेपाल शिक्षक सङ्घ, कास्कीका पूर्वअध्यक्ष विजयराज भण्डारी र नेपाल शिक्षक महासङ्घका निवर्तमान सचिव मनिराम कडेलले संयुक्त रूपमा २५ जना विद्यार्थीहरू सामग्री वितरण गरेका हुन् । व्यक्तिगत रूपमै दुवै जनाले रकम खर्च गरी विद्यार्थीलाई सहयोग गरेका हुन् ।
नेपाल ट्रेड युनियन काङ्ग्रेस, कास्कीका निवर्तमान अध्यक्षसमेत रहेका भण्डारीले आफूले पनि लामो समयसम्म अध्यापन गरेको र विद्यार्थीहरूलाई सानै भए पनि सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि प्राप्त हुने भएकाले सहयोग गरेको बताए ।
ट्रेड युनियन काङ्ग्रेसकै वरिष्ठ उपाध्यक्षसमेत रहेका कडेलले विद्यार्थीलाई भविष्य निर्माणका लागि प्रेरणा प्रदान गर्नका लागि सामग्री वितरण गरेको बताए । शान्ति आधारभूत विद्यालय, पोखरा-३० का प्रधानाध्यापक कडेलले आगामी दिनमा पनि विद्यालय र विद्यार्थीका लागि सहयोग गर्न आफू तयार रहेको धारणा राखे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवेन्द्रकुमार श्रेष्ठले आफ्नो विद्यालयका विद्यार्थीका लागि शैक्षिक नेताद्वयको सहयोग अविस्मरणीय रहने भन्दै धन्यवाद ज्ञापन गरे । कार्यक्रममा प्रधानाध्यापक अमरबहादुर विश्वकर्मा र पूर्वप्रधानाध्यापक भरत केसीले पनि दाताहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।