कुमुदिनीमा ‘चाइनिज कल्चर एक्सपेरियन्स डे’ सम्पन्न - EDUCATION NEWS NEPAL

अपडेट

Friday, December 26, 2025

कुमुदिनीमा ‘चाइनिज कल्चर एक्सपेरियन्स डे’ सम्पन्न

 


पोखरा, १२ पुस । पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रवार ‘चाईनिज कल्चर एक्सपेरियन्स डे’ सम्पन्न भएको छ ।

कुमुदिनी होम्ससहित पोखराका ८ वटा विद्यालयमा चाइनिज भाषा सिकाउँदै आएका ८ जना चाइनिज भोलेन्टियर शिक्षकहरूले चिनियाँ संस्कृति, भाषाको आरम्भका अक्षर लेखनका तरिका, कागज काटेर विभिन्न आकार प्रकारका वस्तु बनाउने, चपस्टिक खेललगायतका विषयहरूमा सहभागीलाई प्रयोगात्मक प्रदर्शन गराए ।

कार्यक्रममा सहभागी चाईनिज भाषा पढाउने पोखरा कुमुदिनीसहित ८ विद्यालयका प्रिन्सपल, विद्यार्थी, काठमाडौंबाट आएका सेन्टर फर ल्याङग्वेज एजुकेशन एण्ड कर्पोरेशनका पाहुनाहरूलाई कुमुदिनीका संस्थापक अध्यक्ष अशोक पालिखेले स्वागत गरेका थिए ।

सो अवसरमा पालिखेले पर्यटकीय राजधानी पोखरामा चाईनिज भोलेन्टियर्सद्वारा चाईनिज भाषाको सिकाई उपलब्धिमूलक भएको बताए । पोखरामा चाईनाबाट धेरै पर्यटक आउने भएकोले भाषाको ज्ञान मात्रै नभई पछि गएर दोभाषेको काम गर्न सकिने र आर्थिक पक्ष राम्रो हुन सक्ने बताए ।

चाईनासँग हाम्रो सम्बन्ध पुरानो हो । कलाकार अरनिको चाईना जानुले पनि हामीले कला देखाउन पाएको र भृकुटीको वैबाहिक सम्बन्धको कारण हामी भाषा, संस्कार, संस्कृति, शिक्षा, कृषि लगायतका विभिन्न क्षेत्रमा समन्वयात्मक कार्य गर्न सकेका छौं ।

एशोसिएशन अफ चाईनिज नेशनल्स एण्ड ओभरसिस् चाईनिज ईन पोखराका उपाध्यक्ष सियाङ साओहुवा, नेपाली नाम सन्देश गुरुङले कुमुदिनीमा चाईनिज कल्चरका बारेमा जानकारी गराउन पाएकोमा खुसी व्यक्त गरे । यस्ता कार्यक्रमहरू विद्यार्थीहरूबीच अझ राम्रो हुने र प्रयोगात्मक हुने भएकोले उनीहरूलाई सिर्जनशिलतामा रुचि जगाउने बताए । उनले भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने सोंच रहेको बताए ।

सुपरभाईजर अफ भोलन्टियर चाईनिज टिचर्स ईन नेपाल, सिएलईसि म्यानेजमेन्ट टिचर ईन नेपालका याङ नियानले नेपाल र चाईनाबीच लामो समयदेखि सुमधुर सम्बन्ध रही आएको र यसलाई अझ प्रगाढ बनाउने काम शिक्षा, संस्कार, संस्कृतिका कुराहरूको सहारा महत्वपूर्ण भएको बताए ।

उनले नेपालमा शिक्षा, कृषि, संस्कृति, उत्पादनका क्षेत्र लगायतका क्षेत्रहरूमा चाईनाले सहयोग र समन्वय गर्दै आएकोमा पछिल्ला पटक एक अर्कालाई राम्ररी बुझ्न र काम गर्नका लागि भाषाका कक्षाहरू सञ्चालन भईरहेका र हाम्रा भोलेन्टियर शिक्षकहरूले राम्रो भूमिका निर्वाह गरिरहेको बताएका शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए । कार्यक्रम विद्यालयको भोलेन्टियर शिक्षिका हान सिउयिङको संयोजनमा सम्पन्न भएको थियो ।