पोखरा । गीतकार राजाराम पौडेलको रचना रहेको नयाँ गीत ‘मेरो देश
नेपाल’ सार्वजनिक भएको छ । सञ्चारकर्मीसमेत रहेका उनी गीतकार प्रतिष्ठानका सदस्य हुन् ।
गायक
चेतन राईको स्वर रहेको राष्ट्र
भावले ओत पोत भएको यो गीत एक कार्यक्रमकाबीचमा सार्वजनिक गरिएको हो । भाषा आयोगको
सदस्य पूर्व उपसचिवसमेत रहेकी साहित्यकार उषा हमालको प्रमुख आतिथ्यतामा भएको
कार्यक्रममा किर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, नेपाल सङ्गीत कल्याण कोषको अध्यक्ष गायक तथा सङ्गीतकार
रमेश पाठक, राप्ती समाज
काठमाडौँ अध्यक्ष गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्य, निर्देशक तथा कोरियोग्राफर कृष्ण रसाल, सञ्चारकर्मी गीता अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
गायक
राईकै सङ्गीतमा तयार भएको गीतका गीतकार पौडेलका लकडाउन १२० गीति सङ्ग्रह पाठकमाझ आइसकेको
छ । उनका साना बाबु नानी, हामी
गीत गाउँछौँ गीत सार्वजनिक भइसकेका छन् । सबिर कार्कीले एरेन्ज गरेको गीत
मिक्सिङ एण्ड मास्टरिङ गोविन्द सोनीले गरेका हुन् । गायक राईको जन्मथलो सल्यानमा छायाङ्कन भएको यो गीत राईको
नयाँ एलबम ‘स्पिड’मा समावेश गरिएको छ ।
गीतको भिडियो समेत आकर्षक बनेको छ । भिडियोमा चेतन राई
सहित प्रविण पुरी, सागर
बसेल,
अनिता पराजुली, समीक्षा पौडेल, रिता अछामी, सुमी लामाले अभिनय गरेका छन् । बाल कलाकारको रुपमा
चिरायु विक्रम राई र चाहना राई भिडियोमा रहेका छन् । गायक राईले निर्देशन गरेको
भिडियोको सह निर्देशन प्रविण पुरी, सम्पादन राज धामी, सिनेमेट्रोग्राफरको रुपमा सविन तिमिल्सिना र ड्रोन सटमा
योगराज विश्वकर्माले साथ दिएका छन् ।
सल्यान
जिल्लामा जन्मेका गायक राईले पप तथा आधुनिक विधाका गीत गाउने गर्छन् । उनको पहिलो
एलबम सन् २०१० मा बजारमा आएको थियो । ‘सेभेन’ नामको यो एलबमले दर्शक श्रोतामाझ
उनलाई त्यस समयमा परिचित गरायो ।
त्यसपछि
सन् २०१५ म दोस्रो एलबम ‘साउण्ड’ निकाले । केही वर्षको अन्तरालमा तेस्रो एलबम
‘स्टेप’ उनले पस्केका थिए । एकपछि अर्को साँगीतिक कोसेली पस्केका उनी देश तथा
विदेशका कार्यक्रममा समेत व्यस्त हुन थालेका छन् । ‘स्पीड’ उनको चौथो एलबम हो ।
गीतको
भिडियो राईले आफ्नै युट्युब च्यानल चेतनराई अफिसियलबाट सार्वजनिक गरेका छन्। सेकाइ
इन्टरटेनमेन्टको प्रस्तुतीमा तयार भएको भिडियो हेरेर प्रतिक्रिया दिन गायक राईले
आग्रह गरेका छन् । गीतमा देशको कला संस्कृति र जन्मभूमि प्रतिको स्नेहलाई प्रस्कन
खोजिएको छ ।
