तनहुँ, वैशाख २ गते । भिमाद नगरपालिका, तनहुँको शिक्षा, युवा तथा खेलकुद शाखाले पालिकाभित्रका विद्यालयमा कार्यरत शिक्षकहरूका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी पाँचदिने तालिम सम्पन्न गरेको छ ।
कक्षाकोठामा
शिक्षण सिकाइका क्रममा आवश्यक पर्ने विभिन्न विषयवस्तुबारे सहजीकरण गरिएको तालिममा
भिमादका ४० विद्यालयका शिक्षक सहभागी रहेका थिए । तालिममा शिक्षा तालिम केन्द्र,
गण्डकी प्रदेशका रोस्टर प्रशिक्षकहरू खेमराज पौडेल, रुपिन्द्र प्रभावी र सुरज लम्सालले
माइक्रोसफ्ट अफिसका विविध एप्लिसकेसनहरू, एआई, गुगल एप्लिकेसनहरू, शैक्षिक वेबसाइटहरू,
डिजिटल शैक्षिक सामग्री निर्माण, इमेल-इन्टरनेटलगायतका विषयमा प्रशिक्षण दिएका थिए
।
तालिमको
उद्घाटन गर्दै भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोखरेलले
शिक्षकहरूले प्रविधिसम्बन्धी आधारभूत सिपहरू अनिवार्य सिक्नुपर्नेमा जोड दिए ।
शिक्षकको क्षमता विकासका लागि नगरपालिका लगानी गर्न तयार रहेको बताउँदै पोखरेलले तालिममा
सिकेको सिपलाई कक्षाकोठासम्म पुर्याउन आग्रह गरे ।
शिक्षा शाखा प्रमुख सन्दिप पौडेलले भिमादले शिक्षकको क्षमता विकासलाई सधैँ प्राथमिकता दिने गरेको बताउँदै यस्ता तालिमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिए । जे गर्दा शिक्षक सक्षम हुन्छन्, त्यो गर्न शाखा तयार रहेको पौडेलको भनाइ थियो । सिकेको सिपलाई व्यवहारमा उतार्ने कुरामा कुनै कन्जुस्याइँ नगर्न शिक्षकसँग पौडेलले आग्रह गरे । उद्घाटन सत्रको सञ्चालन सहायक शिक्षा अधिकृत दीपा पोखरेलले गरेकी थिइन् ।
नेपाल
शिक्षक महासङ्घ, भिमादका अध्यक्ष सुरज पौडेलको सहजीकरणमा भएको समापन कार्यक्रममा
स्रोत व्यक्ति केशवराज वाग्ले, प्रशिक्षक रुपिन्द्र प्रभावी, सहभागी दीपक पराजुली
र गुणाखर रेग्मीलगायतले आफ्ना भनाइ राखेका थिए ।
