गुल्मी, असार १५ गते । गुल्मीको सत्यवती गाउँपालिकाले नेपाली विषय अध्यापनरत शिक्षकहरूका लागि नेपाली भाषाशिक्षणमा नवप्रवर्तनसम्बन्धी २ दिनसम्म तालिम प्रदान गरेको छ ।
सत्यवती
गाउँपालिकाका विभिन्न विद्यालयमा आधारभूत तथा माध्यमिक तहमा नेपाली विषय अध्यापन
गर्ने ५० जना शिक्षकहरूको सहभागिता रहेको तालिममा शिक्षा तालिम केन्द्र, गण्डकी
प्रदेशका रोस्टर प्रशिक्षकद्वय रुपिन्द्र प्रभावी जोशी र बाबुराम सुवेदीले सहजीकरण
गरेका थिए । सो अवसरमा नेपाली विषयमा सूचना तथा सञ्चार प्रविधि र एआईको प्रयोग, कार्यमूलक
व्याकरणको अवधारणा र प्रयोग, भाषिक प्रकार्य, आन्तरिक मूल्याङ्कन, प्रश्नपत्र
निर्माणलगायतका विषयमा सहजीकरण गरिएको थियो ।
कार्यक्रमको
उद्घाटन गर्दै सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले आगामी आर्थिक
वर्षदेखि सत्यवती गाउँपालिकाका सबै विद्यालयहरू प्रविधिमैत्री बन्ने जानकारी दिए ।
उनले गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रमा भौतिकभन्दा
गुणस्तरलाई ध्यान दिने गरी कार्ययोजना बनाएको जनाए ।
गाउँपालिकाकी
उपाध्यक्ष निरमाया तरामुले नेपाली विषयशिक्षकहरू अब स्मार्ट हुनुपर्नेमा जोड दिइन्
। नेपाली विषयकै पूर्वशिक्षकसमेत रहेकी उपाध्यक्ष तरामुले नेपाली विषयशिक्षक
भन्नेबित्तिकै प्रविधिबाट टाढा हुन्छ भन्ने भाष्यलाई अब चिर्नुपर्ने आवश्यकता
औँल्याइन् । उनले नेपाली विषय जसले पढाए पनि हुन्छ भन्ने प्रचलनले नेपाली भाषा नै
कमजोर बन्दै गएको जिकिर गरिन् ।
गाउँपालिकाका
प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पौडेलले गाउँपालिकाले शिक्षकहरूको क्षमता
विकासका लागि सधैँ प्रयास गरिरहने बताए । उनले दत्तचित्त भएर आफ्नो कर्ममा लाग्न
आग्रह गर्दै शिक्षकहरू नै समाजको अगुवा भएको धारणा राखे । नेपाली विषयशिक्षकले
विषय शिक्षणमा मात्र नभई सामाजिकीकरणका हरेक क्षेत्रमा योगदान पुर्याउनुपर्ने
उनको भनाइ थियो ।
शिक्षा,
युवा तथा खेलकुद शाखा प्रमुख लोगराज गिरीले आजका शिक्षक अपटेड हुनुपर्ने भएकाले गाउँपालिकाले
नवप्रवर्तनसम्बन्धी तालिम आयोजना गरेको जानकारी दिए । अबका नेपाली विषयशिक्षक प्रविधिमैत्री
बन्नुपर्नेमा जोड दिँदै उनले प्रविधिबाट टाढा रहेर कोही पनि शिक्षण पेसामा रहन नसक्ने
अवस्थाप्रति सचेत गराए ।
कार्यक्रममा
नेपाली विषय समितिका संयोजक लोकहरि पाण्डे र सरस्वती माविकी शिक्षक देवी थापाले
प्रशिक्षार्थीको अनुभव सुनाउँदै प्रशिक्षण उपलब्धिमूलक भएको धारणा राखे ।
कार्यक्रमको सञ्चालन प्राविधिक सहायक धर्मकुमारी थापाले गरेकी थिइन् ।
