ताजा

6/recent/ticker-posts

Top News


एसइईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत उत्तीर्ण

 


काठमाडौँ, असार २३ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा मङ्गलवार सार्वजनिक गरिएको छ ।

ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएकामा ८३ हजार ५२३ जना अर्थात् ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

उत्तीर्ण भएकामध्ये ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० सम्म जीपीए प्राप्त गरेका छन् । त्यस्तै १६ हजार ४६७ जनाले २.८० देखि ३.२०, १४ हजार ३६२ जनाले २.०० देखि २.४०, १ हजार १९५ जनाले ३.२० देखि ३.६०, ४५ जनाले १.६० देखि २.०० तथा १६ जनाले ३.६० देखि ४.०० जीपीए हासिल गरेका छन् । ०.८०–१.२० र १.२०–१.६० जीपीए प्राप्त गर्ने विद्यार्थी भने छैनन् ।

परीक्षाको मर्यादाविपरीत कार्य गरेको भन्दै केन्द्राध्यक्षबाट सिफारिस गरिएका ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।