ताजा

6/recent/ticker-posts

Top News


मिस नेपाल २०२६ मा प्रतिस्पर्धा गर्दै पोखराकी सङ्गीता

 


पोखरा । मिस नेपाल २०२६ मा पोखराबाट सङ्गीता पौडेल सहभागी भएकी छन् ।

मिस नेपाल प्रतियोगितामा प्रतियोगी नम्बर ५ रहेकी पौडेलले पोखराकी छोरीका रूपमा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाउने, अन्तर्राष्ट्रिय ताज नेपाल ल्याउने तथा नेपाली महिलाको क्षमता, सौन्दर्य र करुणालाई विश्वसामु चिनाउने आफ्नो लक्ष्य रहेको बताएको छन् ।

मनोविज्ञान विषयमा स्नातक गरेकी सङ्गीता अष्टाङ्ग योग प्रशिक्षक पनि हुन् । उनी सानै उमेरदेखि आफ्नो मेहनत, लगन र उद्देश्यप्रति समर्पित हुँदै आफ्नो पहिचान निर्माण गर्न निरन्तर प्रयास गर्दै आएकी छन् ।

साँचो सुन्दरता केवल बाहिरी रूपमा सीमित नहुने बरु दया, करुणा र समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्य नै वास्तविक सुन्दरता भएको सङ्गीताको भनाइ छ । मानव सेवा, पशु संरक्षण तथा वातावरण संरक्षणप्रति गहिरो रुचि पनि उनी राख्छिन् । साकाहारी जीवनशैली अपनाएकी सङ्गीता हरेक जीवप्रति प्रेम र दयाको व्यवहार हुनुपर्छ भन्ने मान्यता राख्छिन् ।

उनीद्वारा सञ्चालित सामाजिक अभियान 30+: A Second Chapter ले ३० वर्षभन्दा माथिका महिलाहरूलाई आत्मविश्वास पुनःस्थापित गर्न, नयाँ सिप सिक्न तथा आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रेरित र सहयोग गर्ने लक्ष्य राखेको सङ्गीताले बताइन् । सङ्गीतालाई साथ र सहयोग दिएर पोखरेली चेलीलाई नेपाल चिनाउने अभियानमा साथ दिन उनको परिवारले आह्वान गरेको छ ।