सार्दिखोला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी गोविन्दराज आचार्य गण्डकी प्रदेशकै उत्कृष्ट व्यवस्थापकमा सम्मानित



पोखरा, भदौ ३ गते । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को ३९औँ स्थापना दिवसको अवसरमा पोखरामा आयोजित विशेष कार्यक्रममा सार्दिखोला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी  गोविन्दराज आचार्यलाई गण्डकी प्रदेशस्तरीय उत्कृष्ट व्यवस्थापकका रूपमा सम्मान गरिएको छ।

सहकारी क्षेत्रमा व्यवस्थापकीय दक्षता, संस्थागत विकास, सदस्य सेवा तथा कार्यसम्पादनमा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै आचार्यलाई उक्त सम्मान प्रदान गरिएको हो।

सम्मान ग्रहण गर्दै आचार्यले यो सम्मान आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभई सञ्चालक समिति, सम्पूर्ण सदस्य, कर्मचारी तथा परिवारको सामूहिक मेहनत, विश्वास र सहयोगको सम्मान भएको बताए। उनले आगामी दिनमा सहकारीको संस्थागत विकास, सुशासन, पारदर्शिता र सदस्यकेन्द्रित सेवाका लागि थप जिम्मेवारीका साथ कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहकारी क्षेत्रका विभिन्न व्यक्तित्व, संघ–संस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्ष्यता नेफ्स्कुनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले गर्नुभएको थियो भने प्रमुख आतित्थ्यता गण्डकी प्रदेश, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री माननीय भिमबहादुर कार्कीले गर्नुभएको थियो । नेफ्स्कूनको ३९औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमले सहकारी क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्नुका साथै सहकारी अभियानलाई थप सुदृढ र प्रभावकारी बनाउन प्रेरणा प्रदान गरेको छ।

सोहि अवसरमा नवलपुरमा अवस्थित पौरखी साकोसलाई गण्डकी प्रदेशभर उत्कृष्ट सहकारी सस्था तथा स्याङ्जा जिल्ला बचत संघलाई उत्प्रेरणा अभिनन्दन सम्मान प्रदान गरियो ।

Post a Comment

0 Comments