पोखरा, फागुन २९ गते । कास्कीको मादी गाउँपालिकामा प्रश्नपत्र निर्माणसम्बन्धी ५ दिने कार्यशाला बिहिवार सम्पन्न भएको छ ।
शिक्षा,
युवा तथा खेलकुद शाखाको आयोजनामा माघ २५ देखि २९ गतेसम्म भएको कार्यशालामा
आधारभूतदेखि माध्यमिक तहसम्मका नेपाली, अङ्ग्रेजी, गणित, सामाजिक र विज्ञान विषयको
प्रश्नपत्र निर्माणका सम्बन्धमा छलफल तथा प्रयोगात्मक कक्षाहरू भएका थिए । कार्यक्रममा
नेपाली विषयका प्रशिक्षक रुपिन्द्र प्रभावी जोशी, गणित विषयका बोधराज बास्तोला र
गोपाल सापकोटा, अङ्ग्रेजी विषयका रामबाबु पौडेल, सामाजिक विषयका नारायणी शर्मा
गौतम र विज्ञान विषयका सुदिप आचार्यले सहजीकरण गरेका थिए । कार्यशालामा मादी
गाउँपालिकाभित्रका सामुदायिका विद्यालयमा सम्बन्धित विषय अध्यापन गर्ने
शिक्षकहरूले विशिष्टीकरण तालिका, पाठ्यक्रम र पाठ्यपुस्तकका विषयमा छलफल गरी प्रश्नपत्र
निर्माण तथा प्रस्तुति गरेका थिए ।
समापन
कार्यक्रममा मादी गाउँपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्र
लामिछानेले कार्यशालाबाट प्राप्त ज्ञान र सिपलाई व्यवहारमा उतार्न आग्रह गरे ।
उनले सिकाइ कहिल्यै नसकिने भन्दै आजका शिक्षक अद्यावधिक हुनुपर्नेमा जोड दिए ।
मादी गाउँपालिकाले आफ्नो क्षमताअनुसार शिक्षकको क्षमता विकासका लागि प्रयास गर्दै
आएको उनको भनाइ थियो ।
सहायक
शिक्षा अधिकृत भगावन् पौडेलको सञ्चालनमा भएको समापन कार्यक्रममा सहभागीका तर्फबाट समीक्षा
मन्तव्य राख्दै हिमालय आधारभूत विद्यालयका प्रधानाध्यापक हिमाल पौडेलले कार्यशाला
फलदायी भएको बताए । गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने पौडेलले सुझाव
दिए ।
यसअगि
कार्यक्रमको उद्घाटन मादी गाउँपालिका, वडा नम्बर ५ का वडाअध्यक्ष हुमनाथ अधिकारीले
गरेका थिए । सो अवसरमा लेखा अधिकृत टीकाराम सुवेदीले पनि शुभकामना दिएका थिए ।
कार्यशालामा १७५ जना शिक्षक सहभागी भएको शिक्षा अधिकृत खगेन्द्र लामिछानेले
जानकारी दिए ।
