पोखरा, माघ २९ । पोखरा महानगरपालिका वडा नं. ४ मा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा बिहीबार तहगत रूपमा कथा वाचन प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यार्थीहरूमा नेपाली भाषाप्रति रुचि जागोस् र विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता अभिवृद्धि होस् भन्ने उद्देश्य राखेर नेपाली साहित्यको रसिलो विधा कथा वाचन प्रतियोगिता आयोजना गरिएको कुरा विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज दिपेन्द्र थापा मगरले बताउनुभयो। आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न पहिलो चरणको कार्यक्रममा कक्षा ७ (क) की आयुषा गुरुङ प्रथम, कक्षा ८ (क) को एशव परियार र ६ (ग) की रविना महतरा द्वितीय, कक्षा ७( ख) की उपासना कार्की तृतीय र कक्षा ७(क) की अनुश्री पौडेल चौँथो भएका थिए । शिक्षकहरू श्रवणकुमार तिमिल्सिना र सुस्मा आमात्य निर्णायक रहनुभएको कार्यक्रम शिक्षिका मुना देवकोटाले सञ्चालन गर्नुभएको थियो। त्यस्तै दोस्रो चरणको माध्यमिक तह (९-१२ ) को कथा वाचन सह प्राचार्य मुकेश कुमार अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कक्षा १०(ख) का सक्षम गैह्रे प्रथम, कक्षा ९(ग) का अरङ कार्की र कक्षा ११ विज्ञान संकायकी नम्रता अधिकारी द्वितीय, कक्षा १०(ग) का प्रतिक पौडेल तृतीय र कक्षा ११ विज्ञान संकायको सन्दिप अधिकारी चौँथो भएका थिए। शिक्षकहरू अनुपमणि अधिकारी, उमा पोख्रेल र अभिशेक विश्वकर्मा निर्णायक रहनुभएको कार्यक्रममा शिक्षकहरू भुवन गुरुङ र सावित्रा चालिसेको प्राविधिक सहयोग तथा सुरेन्द्र सदिच्छाको सञ्चालनमा सम्पन्न भएको थियो ।
