शिक्षक सङ्घको प्रतिनिधि सभामा विद्यालय र शिक्षकलाई सम्मान - EDUCATION NEWS NEPAL

अपडेट

Saturday, February 14, 2026

शिक्षक सङ्घको प्रतिनिधि सभामा विद्यालय र शिक्षकलाई सम्मान

 


पोखरा  नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति कास्कीको २७ औं प्रतिनिधि सभा सम्पन्न भएको छ । कार्यक्रममा कास्की जिल्लाका उत्कृष्ट ११ विद्यालयलाई सम्मान, शिक्षक पेशाबाट निवृत्त भएका २५ जना शिक्षकहरूलाई अभिनन्दन साथै, नेपाल शिक्षक सङ्घबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण पालिकाका शिक्षक महासंघका पदाधिकारीहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा आर्थिक प्रतिवेदन अर्थ सचिव निर्मल आचार्यले प्रस्तुत गर्नुभयो भने सांगठनिक प्रतिवेदन सचिव तारानाथ भण्डारीले पेश गर्नुभयो । प्रमुख अतिथि सोही संगठनका प्रदेश अध्यक्ष शिरोमणि लामिछानेले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभयो ।विशेष अतिथिका रूपमा नेपाल शिक्षक सङ्घ गण्डकी प्रदेशकी उपमहासचिव टीका देवी भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

सम्पूर्ण प्रधानाध्यापकहरूको तर्फबाट बालमन्दिरका प्रधानाध्यापक शुशिल बस्नेतले शुभकामना मन्तव्य राख्नुभयो । स्थानीय तह शिक्षक महासंघको तर्फबाट रामचन्द्र ओझाले धारणा व्यक्त गर्नुभयो ।

स्थानीय तहको प्रतिनिधित्व गर्दै नेपाल शिक्षक सङ्घ पोखरा महानगरपालिकाका अध्यक्ष किरण बाबु न्यौपानेले मन्तव्य दिनुभयो । शिक्षा ज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दुर्गा राज बरालले सहकारीको भूमिकाबारे प्रकाश पार्नुभयो । उपाध्यक्ष पुरुषोत्तम सापकोटाले समसामयिक शिक्षक माग र मुद्दाबारे धारणा व्यक्त गर्नुभयो ।

 

शुभकामना मन्तव्य दिने अन्य व्यक्तित्वहरूमा ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश सचिव रुद्र तिमिल्सिना,  टेर्ड युनियन कास्कीका उपाध्क्ष मनिराम कडेल  , टेर्ड  यनियन कास्कीका पुर्व अध्यक्ष कुलदेवी वराल  , नेपाल शिक्षक महासंघ कास्कीका अध्यक्ष भोलानाथ पौडेल, पूर्व केन्द्रीय सदस्य वसन्त राज पाण्डे, पूर्व अध्यक्षहरू विजयराज भण्डारी र मित्रलाल सापकोटा, तथा निवर्तमान अध्यक्ष रमेश भट्टराई हुनुहुन्थ्यो  

 

कार्यक्रममा बटुकहरूले स्वस्तिक वाचन प्रस्तुत गरी वातावरण धार्मिक तथा सांस्कृतिक बनाएका थिए भने शान्ता माविका विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । कास्की अध्यक्ष राजु क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य महिला उपाध्यक्ष सीता देवी भण्डारीले व्यक्त गर्नुभयो ।सञ्चालन सचिव तारानाथ भण्डारीले गर्नुभएको थियो ।