पोखरा । भरतपोखरी विकास मञ्चले आगामी फागनु २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट दलगत तथा स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका उम्मेद्वारहरूसँग साक्षात्कार कार्यक्रम गर्ने भएको छ ।
बुधवार बिहान १०:३० बजे
पोखरा-३३, अन्नपूर्ण स्वास्थ्य चौकीको चौरमा हुने ‘जनतासँग उम्मेद्वार : उम्मेद्वारसँग
जनता’ विषयक साक्षात्कारमा कास्की क्षेत्र नम्बर २ बाट उम्मद्वारी दिएका सबै
उम्मेद्वार सहभागी हुने मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।
‘मातृभूमिप्रतिको उच्च
सम्मान, समृद्धिको सङ्कल्पका लागि असल नेतृत्व छनौटमा साझा अभियान’ भन्ने मूल
मन्त्रसहित आयोजना गरिएको साक्षात्कारमा क्षेत्र नम्बर २ का उम्मेदवारहरूले जनतासामु
आफ्ना एजेन्डाहरू प्रस्तुत गर्ने छन् । मतदाताहरूले आफ्ना राय, सल्लाह, सुझाव, माग एवम्
जिज्ञासाहरू राखेपछि उम्मेद्वारहरूले जनताले सोधेका प्रश्नको जबाफ दिने छन् ।
कार्यक्रममा नेकपा
(एमाले) एमालेका रश्मि आचार्य, नेपाली कम्युनिस्ट पार्टीका हेमबहादुर थापा (किरण),
राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमप्रसाद पौडेल, नेपाली काङ्ग्रेसका माधव बाँस्तोला
‘मधु’ लगायतका उम्मेद्वाहरू सहभागी हुने अध्यक्ष बरालले जानकारी दिए । उनले
कार्यक्रमाम सहभागी भएर आफ्ना प्रतिबद्धता र एजेन्डा प्रस्तुत गर्न उम्मेद्वारलाई
र आफ्ना जिज्ञासा र सुझाव राख्न मतदातालाई अनुरोध गरेका छन् ।
