कल्पका विद्यार्थीलाई भण्डारीद्वारा न्यानो कपडा - EDUCATION NEWS NEPAL

अपडेट

Thursday, February 19, 2026

कल्पका विद्यार्थीलाई भण्डारीद्वारा न्यानो कपडा

 


पोखरा, फागुन ७ गते । कास्कीको रूपा गाउँपालिका-४, माउडाँडास्थित कल्प आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

नेपाल शिक्षक सङ्घ, कास्कीका पूर्वअध्यक्ष विजयराज भण्डारीले विद्यार्थीहरूलाई पोसाक वितरण गरेका हुन् ।  जनप्रकाश बहुमुखी क्याम्पस, भण्डारढीकका सञ्चालक समितिका अध्यक्षसमेत रहेका भण्डारीले आफू शिक्षण पेसाबाट निवृत्त भएको व्यक्ति भएकाले पनि विद्यार्थीका लागि सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि प्राप्त हुने अनुभव सुनाए । उनले यसअगि पनि व्यक्तिगत खर्चमै विभिन्न विद्यालयका विद्यार्थीहरूलाई पोसाक वितरण गर्दै आएका छन् ।

नेपाल शिक्षक सङ्घ, रूपाका अध्यक्ष चन्द्रमणि पौडेलको  संयोजनमा भएको कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर शाही, शिक्षक अभिभावक सङ्घका अध्यक्ष राजविरसिंहलगायतले धन्यवाद ज्ञापन गरे ।