पोखरा, फागुन ७ गते । पोखरा-४, गैह्रापाटनस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा बिहिवार विद्यालयका शिक्षकहरूका लागि जेनेरेटिभ एआईको प्रयोगसम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।
विद्यालयका
संस्थापक अध्यक्ष अशोक पालिखेले आधुनिक प्रविधिको विकाससँगै शिक्षकहरू पनि
प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए । अबको शिक्षा परम्परागत तरिकाले मात्र सम्भव
नभएको भन्दै पालिखेले विद्यार्थीहरू सूचना प्रविधिसँग निकै नजिक भएकाले शिक्षकले
समयअनुसार आफूलाई अपडेट गरेनन् भने उनीहरू विद्यार्थीभन्दा पछि पर्ने धारणा राखे ।
गणित
शिक्षक मनबहादुर भुजेल र सहप्राचार्य मुकेशकुमार अधिकारीले वर्तमान समय प्रविधिको
भएकाले शिक्षण सिकाइका लागि एआईलाई सहयोगीका रूपमा अँगाल्न जरुरी भएको र कार्यशाला
फलदायी भएको अनुभव सुनाए ।
कार्यशालामा
काठमाडौँ युनिभर्सिटिका डा. भरत न्यौपाने र डा. निरोज दाहालले सहजीकरण गरेका थिए
। उनीहरूले एआई शिक्षकको ‘सहयोगी’ मात्र भएको र विकल्प नभएको भन्दै सचेत भएर
प्रयोग गर्न सुझाए ।
