शुल्क फिर्ताका लागि निर्देशन दिने सहमतिसँगै नौ दिनदेखि जारी विद्यार्थीको आमरण अनसन फिर्ता


काठमाडौ ।
ञ्जिनियरिङ शिक्षामा बढेको शुल्क फिर्ताका लागि निर्देशन दिन त्रिभुवन विश्वविद्यालयका पदाधिकारी सहमत भएसँगै नौ दिन देखि जारी विद्यार्थीको आमरण अनसन फिर्ता भएको छ । विभिन्न विद्यार्थी संगठनका अध्यक्षहरु र विश्वविद्यालयका उपकुलपति सहितका पदाधिकारी बिच पाँच बुँदे लिखित सहमती भएको छ ।

हाल वृद्धि गरिएको शुल्क फिर्ता लिन निर्देशन दिने, विद्यार्थी प्रतिनिधि सहित गठन हुने समितिबाट सात दिन भित्रमा प्रतिवेदन पेश गर्ने र प्राप्त राय सुझावका आधारमा कायम गरिने शुल्कलाई लागू गर्न दुवै पक्ष सहमत भएका छन् । यसैगरी हाल स्थगित गरिएका प्रवेश परीक्षा सुरु गर्ने, परीक्षाहरु सञ्चालनमा कुनै बाधा अवरोध नगर्ने र अनसन लगायतका कार्यक्रम आजैका मितिबाट फिर्ता लिने सहमती पत्रमा उल्लेख छ ।

उक्त सहमतीसँगै आमरण अनसनमा बसेका विद्यार्थीलाई विद्यार्थी सँगठनका केन्द्रीय अध्यक्षहरुले जुस खुवाएर अनसन तोडाएका छन् ।

अनसनमा बसेका मध्ये नेविसंघ पूल्चोक ईकाईका अध्यक्ष सुलभ चापागाईको अवस्था जटिल भए पछि अस्पतालमा राखेर उनको उपचार गरिदैं आएको थियो ।

इञ्जिनियरिङ अध्ययन संस्थानले पूर्ण शुल्कीय तर्फको शुल्क ७ लाख ७५ हजार बनाउने निर्णय गरेपछि विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका थिए । शुल्क फिर्ताको माग गर्दै विद्यार्थीले आमरण अनसन सुरु गरेका थिए ।

साभारः एडुखबर

Post a Comment

Previous Post Next Post