पोखरामा पुस्तकालय दिवस विगतदेखि वर्तमानसम्म-खिम लामिछाने ‘काजी’

 पोखरामा पुस्तकालय दिवस विगतदेखि र्तमानसम्म

-            खिम लामिछाने ‘काजी’

खिम लामिछाने ‘काजी’

नेपाल पुस्तकालय सङ्घले आयोजना गर्ने भिन्न कार्यक्रमहरूमा पुस्तकालय दिवस मनाउनु पर्छ भन्ने आवाजहरू आइरहने गर्दथ्यो । नेपाल पुस्तकालय सङ्घ २०३७ सालमा स्थापना भएको थियो ।

२०६४ सालतिर पुस्तकालय तथा सूचना विज्ञान विभागमा अध्ययनरत विद्यार्थीहरूको सङ्गठन (LISSA) को पहलकदमी र TULSSAA, NLA, TUCL ले केशर पुस्तकालयमा पुस्तकालयसँग सम्बन्धित सबै निकायहरूलाई भेला बोलायो । जहाँ तिहासविद्, पुस्तकालयकर्मी, REED, Room to Read, Asia Foundation, पुस्तकालय क्षेत्रमा काम गर्ने विभिन्न सङ्संस्थाहरू, विभिन्न क्षेत्रका विद्वान्हरूलाई बोलाइएको थियो ।

TU का लाइब्रेरी साइन्स विभागका प्राध्यापक रुद्र दुलालको अध्यक्षतामा पुस्तकालय दिवस मिति सिफारिस गर्ने कमिटी गठन भयो । छलफल व्यापक भयो । नेपालभर रहेका हरेक पुस्तकालयहरूमा पुस्तकालय दिवस कुन दिन मनाउँदा उपयुक्त हुन्छ ? कारणसहित पठाउने भन्ने सन्देशसहित मेल वा पत्र पठाउन अनुरोध गरियो ।

उता केन्द्रमा (काठमाडौँमा) पुस्तकालय क्षेत्रमा कार्यरत र पुस्तकालय विज्ञानका विद्यार्थीहरूले तिहासविद्हरूसँगको छलफल र बहस अनि देशभरबाट आएको सुझाअनुसार ४ ओटा सम्भाव्य मितिहरू निकाले,

. पुस्तक चिताइ तहबिल स्थापना गर्न राजा गीर्वाणयुद्धविक्रम शाहले लालमोहर जारी गरेको दिन - १८६७ भाद्र १५ गते

(पृथ्वी नारायण शाहले एकीकरणको बेला राज्य जित्ने क्रममा राज्यमा रहेका बहुमूल्य स्तुहरू ल्याउने क्रममा पुस्तक तथा पुरातत्विक स्तुहरूको  ङ्लन गरेका थि । तिनै पुस्तकहरूलाई व्यवस्थित गर्न र मर्मत म्भार गर्न भनी पन्डित केदारनाथ झालाई चिताइ तहबिल र अर्को २ जनालाई टहलुवा पद नियुक्ति गरिएको थियो । जुन दिन १८६९ भाद्र १५ रहेको थियो ।)

२. राणा प्रधानमन्त्री देवशम्शेरले दरबारमा रहेको पुस्तकालयलाई सर्वसाधारण जनताका लागि खोलिएको दिन -१९८५ जे ३ गते (देवशम्शेको राज्याभिषेक)

३. राणा कालमा पुस्तकालय “सरस्वती गुठी” खोल्न पाऊँ भनी ४५-४६ जना युवाले आन्दोलन गरेका थि शुक्रराज शास्त्री, धर्मराज, लक्ष्मीप्रसाद देवकोटा रहेका थिए तर पुस्तकालय खोल्न लागेको कुरा राणालाई उनीहरूकै साथी रामचन्द्र अधिकारीले पोल लगाइदिएपछि सबैलाई सजाय भयो । राणा परिवारका दुई जनालाई १/१ हजार र अन्यलाई जनही रु १०० का दरले जरिवान गरियो । जरीवानाको आधा रकम पोल लगाउने रामचन्द्रलाई दिइयो । त्यो घटना १९८७ सालमा घटेको थियो तर ठ्याक्कै दिन किन हुन सकेन । अर्को कुरा यो पुस्तकालय विकासका लागि सकारात्मक सन्देश थिएन ।

. International Literacy Day (अन्तर्राष्ट्रिय साक्षरता दिवस- सेप्टेम्बर - ८) को कुरा पनि आएको थियो । जुन संसारभर मनाइन्छ तर यसमा नेपालको पुस्तकालयसँग कुनै सम्बन्ध नरहेको भन्ने धेरै राय आयो । आफ्नै देशको तिहासिक पृष्‍ठभूमिसँग सम्बन्धित दिनहरू हामीसँग हुँदाहुँदै किन अन्तर्राष्ट्रिय रोज्ने भन्ने कुराहरू पनि आए ।

फेरि एक पटक देशभरका पुस्तकालयहरूमा यी टामध्ये कुन चाहिँ उपयुक्त हुन्छ भनेर छनोट गर्ने र कारणसमेत उल्लेख गर्ने भनेर मेल पठायो ।

त्रि.वि. पुस्तकालय तथा सूचना विज्ञान विभागमा अध्ययनरत विद्यार्थीहरूको सङ्गठन (LISSA) को पहलकदमी र TULSSAA, NLA, TUCL आदिको सक्रिय सहभागिता,  प्राप्त सन्देश, इतिहासकार, पुस्तकालयकर्मी र विज्ञहरूको रायअनुसार भाद्र १५ लाई नै पुस्तकालय दिवस मनाउने मिति निर्णय गरियो । 

स्वतन्त्र रूपमा पुस्तकालय दिवस मनाउने प्रचलनको थालनी वि.सं. २०६५ बाट गरियो ।

पुस्तकालय दिवस मनाउनुका उद्देश्य

👉पुस्तकालय प्रयोगमा सर्वसाधारण सबैको रुचि जगाउने

👉अध्ययन संस्कृतिको विकास गर्ने

👉 सूचना एवम् ज्ञानमा आधारित समाज निर्माणका लागि आवश्यक वातावरण तयार गर्ने

👉शैक्षणिक क्रियाकलापमा पुस्तकालयको प्रयोग र महत्त्वलाई विशेष स्थान दिलाउन प्रयास गर्ने  

👉पुस्तकालय तथा तथा सूचना विज्ञानको क्षेत्रमा भएका प्रगति र गतिविधिहरूबारे आम नागरिक, विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, लेखक, पाठक, पुस्तकालयप्रेमी तथा सम्बद्ध सरोकारवालाहरूबिच प्रचार प्रसार गर्ने

👉पुस्तकालय दिवसलाई संस्थागत गर्दै राष्ट्रिय मान्यता दिलाउन प्रयास गर्ने

प्रथम पुस्तकालय दिवस-२०६५ साल भाद्र १५

नारा/आदर्श वाक्य/स्लोगन/थिम- “सबैका लागि पुस्तकालय”

पोखरा र पोखरावरिपरि रहेर राणाकालदेखि पञ्चायत कालसम्म पुस्तकालय तथा वाचनालय खोल्नमा अग्रणी भूमिका खोल्ने शिक्षासेवी तथा समाजसेवीहरूलाई सम्मान गरिएको थियो ।

प्रथम पुस्तकालय दिवस-२०६५ देखि हाल सोह्रौँ पुस्तकालय दिवस- २०८० सम्म आइपुग्दा पुस्तकालय दिवस मनाउने क्रममा सक्रिय रूपमा सहभागिता जनाउन पाउँदा गौरवान्वित महसुस गर्दछु

दोस्रो पुस्तकालय दिवस – २०६६

नारा/ आदर्श वाक्य – “पुस्तकालयको विकास नयाँ नेपालको निकास”

जनप्रिय बहुमुखी क्याम्पस

पुस्तकालय तथा सूचना विज्ञानको तेस्रो लेभलको तालिम चलिरहेको थियो ।

 केन्द्रबाट विज्ञहरू आएर Library and Information Science सबन्धी तालिम तथा आफ्ना अनुभव सेयर गर्नु भएको थियो ।

तेस्रो पुस्तकालय दिवस- २०६७

नारा/ आदर्श वाक्य – “सूचना, ज्ञान र सिपका लागि पुस्तकालय”        

पोखरा सार्वजनिक पुस्तकालय, पोखरा महेन्द्रपुलमा

पाठक र पुस्तकालयकर्मीहरूबिच अन्तर्क्रियात्मक कार्यक्रम गरी मनाइयो ।

 

चौथो पुस्तकालय दिवस - २०६८

नारा - "समृद्ध नेपालका लागि पुस्तकालय”

पोखरा सार्वजनिक पुस्तकालय

अन्य पुस्तकालय तथा पुस्तकालयकर्मीलाई समेटेर

सम्मान:

तत्कालीन संविधान सभाका उपसभामुख पूर्णकुमारी सुवेदीबाट उत्कृष्ट वर्ष पुस्तकालयकर्मी

पोखरा सार्वजनिक पुस्तकालयका संस्थापक सदस्य तथा सदस्य सचिव अर्जुन श्रेष्ठ तथा उत्कृष्ट वर्ष पुस्तकालयको रूपमा पोखरा सार्वजनिक पुस्तकालयलाई सम्मान

पाँचौँ पुस्तकालय दिवस- २०६९

नारा "पुस्तकालय जाऔँ, अध्ययन संस्कृतिको विकास गरौं"

पाँचौँ पुस्तकालय दिवस समारोह समिति – २०६९ गठन

 -पोखरा सार्वजनिक पुस्तकालय,

- पोखरा विश्वविद्यालय

- पोखरा उद्योग वाणिज्य सङ्

-गण्डकी मेडिकल कलेज, पोखरा

-विज्ञान अध्ययन संस्थान, पोखरा

- पोखरा पुस्तकालय सङ्

- मणिपाल कलेज अफ मेडिकल साइन्सेज, पोखरा

- पृथ्वीनारायण क्याम्पस

- सहि स्‍मृति पुस्तकालय

- दीपशिखा सामुदायिक पुस्तकालय

-इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस

 - विद्यार्थी पुस्तकालय, विज्ञान विभाग

- मविअल, पोखरा

- जनप्रिय बहुमुखी क्यामस

- अरण्यज्योति पुस्तकालय

- ज्ञानज्योति पुस्तकालय

पहिले त्यही पुस्तकालयमा समय बिताउने गरेका हामीहरू अहिले हातमा मोबाइल चलाएर समय बिताउेन गरेका छौँ र हामीले हाम्रा सन्ततिलाई समेत पुस्तकालयको महत्त्वबारे बताउन भ्याएका छैनौँ । यसरी सरकार मात्र होइन हामी आफैँ पनि पुस्तकालयलाई बिस्तारै बिर्सँकदै छौँ  

- कास्की जिल्ला क्याम्पस स्तरिय कविता प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार तथा प्रमाण–पत्र वितरणका साथ उत्कृष्ट कविताहरू वाचन गरिएको थियो ।

-पुस्तकालयकर्मी अर्जुन श्रेष्ठ तथा पुस्तकालयप्रेमी र विशेष योगदान दिने व्यक्तिका रूपमा अग्रज पत्रकार कृष्णप्रसाद बास्तोलालाई सम्मान गरिएको थियो ।

छैटौँ पुस्तकालय दिवस-  २०७०

 नारा-  “एक गाँउ एक पुस्तकालय, एक विद्यालय एक पुस्तकालय”

- सूर्य चन्द्र विकास समाज, प्याब्सन, एन प्याब्सन तथा पुस्तक व्यवसायी सङ्घसमेत समावेश भएका थिए ।

 उक्त वर्षमा वरिष्ठ पुस्तकालयकर्मी श्याम आले र पुस्तकालयसेवीका रूपमा शिक्षासेवी तारा पाखेलाई सम्मान गरिएको थियो ।

- रेन्बो बालगृहका बाबालिकाहरूले रमाइलो नृत्य प्रस्तुत गरेका थि

छैटौँ पुस्तकालय दिवस मनाउन सहकार्य गर्ने संस्थाहरूमा

- पोसापु/अमेरिकन कर्नर, पोखरा

-दीपशिखा पुस्तकालय

-ज्ञानज्योति पुस्तकालय

-अरण्यज्योति पुस्तकालय

-गुप्तेश्वर महादेव पुस्तकालय

-बुद्ध बाल घुम्ती पुस्तकालय

-त्रिवि पुस्तकालय विज्ञान भुपू विद्यार्थी सङ्घ (तुलसा)

-प्याब्सन कास्की, एन प्याब्सन कास्की,

-नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घ,

-कास्की, जिल्ला विकास समिति

-पोखरा उपमहानगरपालिका (तत्कालीन)

सातौँ पुस्तकालय दिवस- २०७१   

मूल नारा- “पुस्तकालयको विकास सभ्य समाजको आधार”

 - पुस्तकालय तथा सूचना केन्द्र व्यवस्थापन निर्देशिकाले व्यवस्था गरेअनुसार जिल्ला पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष कास्कीका स्थानीय विकास अधिकारीको संयोजकत्वमा मूल समारोह समिति गठन

- बाल नृत्यको आयोजनाका

-पुस्तकालयकर्मी सूर्य क्षेत्री तथा पुस्तकालय व्यवस्थापन समितिमा रही अविच्छिन्न रूपमा लागिपरेका धनहादुर नेपालीलाई सम्मान गरिएको थियो ।

ठौँ पुस्तकालय दिवस -  २०७२

नारा- “पुस्तकलाई माया गरौँ, पुस्तकालयको विकास गरौँ

पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्षमा कार्यक्रम सम्पन्न गरियो ।

- कास्की जिल्लाका स्थानीय विकास अधिकारीको अध्यक्षता र जिल्ला शिक्षा अधिकारी सदस्य सचिव तथा रहेको मूल समारोह समिति गठन गरिएको थियो ।

-शिक्षासेवी जोर्ज जोन तथा तानसेन, पाल्पामा वि सं. १९८३ मा पुस्तक पढ्ने दलानको सुरु र पछि आएर २००३ सालमा धवल पुस्तकालयको नाममा सञ्चालन भइरहेको पवित्र संस्थालाई सम्मान गरिएको थियो ।

-विद्यालाय स्तरीय निबन्ध प्रतियोगिता गरिएको थियो

-रेन्बो बालगृहका बालबालिकाहरूले सुन्दर नृत्य प्रस्तुत गरेका थि

नवौं पुस्तकालय दिवस - २०७३

नारा - जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालय

-स्थानीय विकास अधिकारीको अध्यक्षतामा मूल समारोह समिति गठन

-माध्यमिक विद्यालय कविता प्रतियोगिता

-प्रताप पुस्तकालय तौलिहवा पुस्तकालयप्रेमी डा. भरत खत्रीलाई सम्मान

शौँ पुस्तकालय दिवस-२०७

नारा- जीवनपर्यन्त शिक्षाका लागि एक स्थानिय तह: एक नमुना पुस्तकालय"

दशौ पुस्तकालय दिवस-२०७३ - पोखरा सार्वजनिक पुस्तकालय महेन्द्रपुल

- शिक्षासेवी, पत्रकार एबम समाजसेवी प्रेम छोटालाई सम्मानित 

एघारौँ पुस्तकालय दिवस – २०७५

पोखरा आयोजना तथा सूर्यचन्द्र विकास समाजको व्यस्थापनमा सूर्यचन्द्र विकास समाजको प्राङ्गण, मालेपाटनमा

- तनहुँको चुदी रम्घामा वि. सं. २००८ मा स्थापित तिहासिक भानु पुस्तकालयला सम्मान प्रदान गरियो ।

-कास्की कारागारमा रहेको पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरियो

-पुस्तकालय दिवसबारे परिचर्चा, ऐतिहासिक पुस्तकालयको सम्मान, स्मारिका विमोचन, पुस्तक हस्तान्तरण कार्यक्रमहरू रिएको थियो ।

 बाह्रौँ पुस्तकालय दिवस - २०७६

नारा (आदर्श वाक्य)- पठन संस्कृतिको पूर्वाधार: पुस्तकालय विकास र विस्तार

पोखरा सार्वजनिक पुस्तकालय/ अमेरिकन कर्नरको आयोजना 

-पुस्तकालयकर्मी तथा पुस्तकालयसँग सबन्धित व्यक्तित्व तथा पाठकहरूबिच अन्तर्क्रियात्मक कार्यक्रम

 तेरौँ पुस्तकालय दिवस - २०७७

आदर्श वाक्य- ‘समाज रुपान्तरणका लागि पुस्तकालय’

कास्की जिल्लाव्यापी माध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगितामा

कोभिड१९ कोरोना भारसको महामारीको कारणले भौतिक रूपमा उपस्थित हुन सम्भव नभएको हुँदा देशैभर भर्चुअल माध्यमबाट पुस्तकालय दिवस मनाउने कार्यक्रम रहेको थियो

चौधौँ पुस्तकालय दिवस - २०७८

नारा- सबल समाजको आधार, सार्वजनिक पुस्तकालयको विकास र विस्तार

-    पोखरा सार्वजनिक पुस्तकालय र अमेरिकन कर्नर-  भर्चुअल माध्यमबाट गण्डकी प्रदेशस्तरीय खुला कविता प्रतियोगिता आयोजना

-    भर्चुअल माध्यमबाट Let's Read द्वारा आयोजित "कोभिड१९ को सन्दर्भमा अनलास्रोत सामग्रीहरूको पहुँच" अन्तर्रक्रिया कार्यक्रम सम्पन्न भयो

पन्ध्रौँ पुस्तकालय दिवस- २०७९

नारा- "पढौं, पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं"

कास्की जिल्लाव्यापी विद्यालयस्तरीय खुल्ला चित्रकला प्रतियोगिता - पोखरा सार्वजनिक पुस्तकालय तथा अमेरिकन कर्नर

सोह्रौँ पुस्तकालय दिवस – २०८०

आदर्श वाक्य - ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’

जिल्लाव्यापी विद्यालयस्तरीय खुला चित्रकला प्रतियोगिता - पोखरा सार्वजनिक पुस्तकालय तथा अमेरिकन कर्नर

साथै र्‍यान्डम रिडर्स सोसाइेटीको आयोजनामा पुस्तक आदान-प्रदान कार्यक्रम ।

भनिन्छ, पोखरा एक साहित्यिक हर हो । हो पनि । यहाँ हरेक दिन केही न केही साहित्यिक गतिविधिहरू भइरहेकै हुन्छन् । राणाकालीन समयमा समेत पोखरामा पुस्तकालय खोल्न जमर्को गर्ने सासहिक शिक्षाप्रेमीहरू बस्ने गरेको ठाउँ हो पोखरा । पञ्चायत कालमा त वाचनालयको नाममा थुप्रै सूचना केन्द्रहरू खोलिसकेका थि हाम्रा पोखरेलीहरूले तर आज पोखरामा सार्वजनिक पुस्तकालयको अवस्था हेर्दा लाग्छ, के हाम्रा अग्रजहरूले गरेको पुस्तकालयप्रतिको जागरणलाई बचाइराख्न सक्षम छौँ त ? मलाई लाग्छ पक्कै छैनौँ तर समय बितिसकेको छैन । हामीले आजैदेखि पुस्तकालय जाने र हाम्रा सन्ततिहरूलाई पुस्तकालय जाने वातावरण मिलादिने हो भने फेरि पनि पुस्तकालयको मात्र होइन पुस्तकालय गएर पढ्ने सबैको उत्तरोत्तर प्रगति हुने छ ।

एकै दिनमा ४००-५०० पुस्तकहरू लाइब्रेरीबाट विद्यार्थीहरूले लैजाने गरेकामा अहिले त्यही कलेजमा मुस्किलले १०-२० किताब मात्र लैजाने गरेको रेकर्डले देखाइरहेको छ । पुस्तकालय जानेहरूको सङ्ख्या घटेको देखि तापनि पढ्ने विद्यार्थीहरूको र पाठकहरू ङ्ख्या भने दैनिक बढेको नै छ । सायद न्टरनेटका कारणले गर्दा लाइब्रेरी जानेहरूलाई घटाइरहेको छ ।   

पोखरा सार्वजनिक पुस्तकालयलाई महेन्द्रपुलबाट सारेर अहिले क्षेत्री समाजको घरतिर पुर्‍याइएको छ । जहाँ पुस्तकालय थियो त्यसलाई झन्डा पार्क बनाइँदै छ । पोखरा महानगरपालिकाले पुस्तकालयलाई खासै महत्त्व नै दिएको देखिँदैन । महानगर मात्र होइन, सरकारले नै पुस्तकालयलाई आफ्नो प्राथमिकतामा कहिल्यै पारेको देखिएन । राजनीतिक पार्टीका घोषणा पत्रहरूमा प्रत्येक वडामा वडास्तरीय, नगरमा नगरस्तरीय, प्रदेशमा प्रदेशस्तरीय पुस्तकालय स्थापना गरिने कुरा गरेका छन् तर जब सरकारमा पुग्छन् ती सबै कुराहरू बिर्सन्छन्

पहिले त्यही पुस्तकालयमा समय बिताउने गरेका हामीहरू अहिले हातमा मोबाइल चलाएर समय बिताउेन गरेका छौँ र हामीले हाम्रा सन्ततिलाई समेत पुस्तकालयको महत्त्वबारे बताउन भ्याएका छैनौँ । यसरी सरकार मात्र होइन हामी आफैँ पनि पुस्तकालयलाई बिस्तारै बिर्सिंदै छौँ  

[email protected]

 

Post a Comment

Previous Post Next Post