कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

 


पोखरा । सङ्घीय राजधानी काठमाडौँकेन्द्रित शिक्षक आन्दोलनलाई प्रभावकारी ढङ्गबाट अघि बढाउनका लागि कास्कीमा ७५ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरिएको छ ।

नेपाल शिक्षक महासङ्घ र महासङ्घमा आबद्ध/सम्बद्ध शिक्षकहरूका पेसागत सङ्घ/सङ्गठनहरूको पदाधिकारीको बुधबार पोखरामा सम्पन्न भेलाबाट नेपाल शिक्षक महासङ्घ, कास्कीका अध्यक्ष बोधराज पौडेलको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा महासङ्घकै सहअध्यक्ष डिल्लीराम बराल र सचिवमा महासङ्घका सचिव मनिराम कडेल रहेका छन् ।

शिक्षक महासङ्घसँग विभिन्न समयमा गरिएका सम्झौताहरू समावेश गरी सङ्घीय शिक्षा ऐन जारी गर्नुपर्ने, पेसागतसँगै समग्र शैक्षिक समस्याहरूको समाधान गर्नुपर्नेलगायत ५१ बुँदे माग राख्दै नेपाल शिक्षक महासङ्घ चरणरबद्ध आन्दोलनमा उत्रेको छ । यसअघि जिल्ला र प्रदेश स्तरमा धर्नासहित ज्ञापनपत्र बुझाइसकेको महासङ्घले प्रस्तावित सङ्घीय शिक्षा ऐन संसद्‍मा टेबल भएपछि सङ्घीय स्तरमा आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने गरी परिचालन समिति गठन गरेको हो । प्रस्तावित शिक्षा ऐनमा भएका शिक्षक/कर्मचारीको पेसागत हकहितविपरीतका प्रावधानहरू हटाएर ऐनलाई सर्वस्विकार्य बनाउन माग गर्दै महासङ्घले आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन सातै प्रदेश, ७७ जिल्ला र सङ्घीय स्तरमा आन्दोलन परिचालन समिति गठन गरेको सचिव मनिराम कडेलले जानकारी दिए ।






Post a Comment

Previous Post Next Post