शान्ति आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा

 


पोखरा । पोखरा-३०, शिशुवास्थित शान्ति आधारभूत विद्यालयमा अध्ययनरत ८५ जना विद्यार्थीलाई बिहिबार न्यानो कपडा वितरण गरिएको छ ।

डा. नेत्रनाथ आचार्य, त्रिवेणी इन्टरनेसनल कलेजका सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेल र सोही कलेजका अध्यापक शिवचन्द्र घिमिरेको सहयोगमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई स्वेटर वितरण गरिएको हो । कक्षा ८ सम्म सञ्चालित विद्यालयका अन्य विद्यार्थीहरूलाई पनि सहयोगीको खोजी गरी न्यानो कपडा वितरणका लागि पहल गरिने विद्यालयका प्रधानाध्यापक मनिराम कडेलले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका, शिक्षा महाशाखाका अधिकृत बद्रिनाथ सुवेदीले सहयोगीहरूको सहयोगले सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाएको भन्दै दाताहरूलाई धन्यवाद ज्ञापन गरे ।

वडा नम्बर ३० का वडा सदस्य विनोदप्रसाद लामिछानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहयोगी डिल्लीराम पौडेलले विद्यार्थीको हितका लागि सहयोगमा निरन्तरता दिने प्रतिबद्धता जनाए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र विद्यालय व्यवस्थापन समितिका सदस्य जीताराम कुसवाहको पनि उपस्थिति रहेको थियो ।

 

Post a Comment

Previous Post Next Post