बुद्ध बाल क्लब पुनर्गठन, अध्यक्षमा पुष्पाञ्जली



तमानखोला, बागलुङ । बुद्ध आधारभूत  विद्यालय, तमानखोला गाउँपालिका-१, स्याउलामा क्रियाशील बुद्ध बाल क्लब पुनर्गठन भएको छ ।

पुष्पाञ्जली सिउतानी मगरको अध्यक्षतामा पुनर्गठित कार्यसमितिको उपाध्यक्षमा धन बहादुर बिक, सचिवमा ओमकुमारी राम्जाली (सपना), कोषाध्यक्षमा मनमाया रसाइली  र सहसचिवमा श्यामकुमार बिक सर्वसम्मत चयन भएका छन् ।

समितिका सदस्यहरूमा  प्रेमसागर बि क,  ओम प्रसाद सिर्पाली,  खगेन्द्र रसाइली र पुनम रसाइली रहेका छन् । 

क्लबको संरक्षकमा प्रधानाध्यापक नन्द प्रसाद घर्ति मगर र  शिक्षक संयोजकमा कविन्द्र सिउतानी रहेका छन् ।

क्लबले पाक्षिक रूपमा "बुद्ध आवाज" नामक भित्ते पत्रिका प्रकाशन गर्नुका साथै समयानुकूल तालिम तथा सहकार्यकलापहरुको संयोजन गर्ने गरेको छ ।

नवनियुक्त पदाधिकारीलाई क्लबको संरक्षक एवम्  प्रअ नन्द प्रसाद घर्ति मगरले अबिर लगाइदिएका थिए ।  प्रअ घर्ति मगरका अनुसार बैशाख २६ गते  विश्व रेड्क्रस दिवसको अवसरमा विद्यालयमा पहिलोपटक जुनियर रेडक्रस सर्कल गठन, विद्यार्थी र शिक्षकमा पठन संस्कृति बिकासका लागि रिडिङ्ग क्लब तथा स्काउटको समेत गठन गरि संस्कारयुक्त गुणस्तरीय शिक्षादिने विद्यालयको योजना रहेको छ  ।

Post a Comment

Previous Post Next Post