प्रमोद खरेलको स्वरमा रहेको 'तिम्रै माया फिदा लाग्छ' को सुटिङ सम्पन्न



काठमाडौँ । पोखरामा रहेर सांगितिक क्षेत्रमा क्रियाशिल रहेका गीतकार तथा संगीतकार आदर्श पोखरेलले नयाँ गीत बजारमा ल्याउने तयारी गरिरहेका छन् । यसैबीच उनको 'तिम्रै मायाँ फिदा लाग्छ' बोलको नयाँ गीत बजारमा आउने तयारीमा छ ।

शनिबार पोखरामा उक्त गीतको छायाँकन सम्पन्न भएको छ। पोखरेलको आफ्नै शब्द संगीत रहेको यस गीतमा चर्चित गायक प्रमोद खरेलको स्वर सजिएको छ । गीतको एरेन्जमेण्ट चर्चित संगीतकार तथा एरेन्जर अर्जुन पोखरलले गरेका हुन् । भिडियोको मूख्य भूमिकामा अरिद थापा र सरिता दानाकुटीले अभिनय गरेका छन् । साथै डा. परिवर्तन बराल, जमुना पौडेल बराल र सन्तोष बसौलालाई पनि भिडियोमा विशेष भूमिकामा प्रस्तुत गरिएको छ ।

गीतको भिडियोलाई निर्देशक राम बास्तोलाले निर्देशन गरेका हुन् भने उनलाई सह-निर्देशकका रुपमा उज्जवलराज ढकालले साथ दिएका छन् । विशेषगरी एकोहोरो प्रेम सम्बन्धलाई उतार्न खोजिएको यस भिडियोको कथा सहिल गायकले लेखेका हुन् । भिडियोलाई दिपेश केसीले खिचेका हुन् भने मेकअप तथा श्रृङ्गार विनिता गुरुङले गरेकी हुन् । गीतको प्रोजेक्ट हेडका रुपमा सोम गुरुङ रहेका छन् ।

प्रेम वियोगको कथामा आधारित गीतको म्युजिक भिडियोलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । भिडियो निकै उत्कृष्ठ रुपमा खिचिएकाले यस गीतबाट निकै आशावादी रहेको गीतकार तथा संगीतकार आदर्श पोखरेलले नेपाली मन टीभीलाई बताए ।  केही दिनमै पोष्ट प्रोडक्सन सुरु हुने भएकाले गीतको भिडियो छिट्टै सार्वजनिक गर्ने गीतका प्रोजेक्ट हेड सोम गुरुङले बताएका छन् । 




Post a Comment

Previous Post Next Post