कुमुदिनीमा बृहत् विज्ञान प्रदर्शनी


सुरेन्द्र सदिच्छा
पोखरा, १६ माघ । पोखरा गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा बुधबार बृहत् बिज्ञान प्रदर्शनी आयोजना गरिएको छ । कक्षा १ देखि १२ सम्मका बिद्यार्थीले आफुले सिकेको सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक रुपले व्यवहारमा उतारेर प्रदर्शनीमा राखेका हुन् ।

विद्यालय प्राङ्गणसहित चार रोपनी क्षेत्रफलमा रहेको मैदानमा ६० वटा स्टलमा उनिहरुले बनाएका बिज्ञानसंग सम्बन्धित र ४ वटा सामाजिक विषयबस्तु झल्काउने सामग्रीहरु प्रदर्शनीमा राखिएको छ ।
अभिभावकहरु र विद्यार्थीको निकै घुईचो लागेको थियो । त्यहाँ अवलोकनका लागि गएका अभिभावक र आमन्त्रित पाहुनाहरुलाई बिद्यार्थीले आफुले बनाएका बिज्ञान सामग्री र तिनको उपयोगिता, महत्वका बारेमा प्रयोग गरेर देखाउँदै बयान पनि गरेका थिए ।
विद्यालय संस्थापक अध्यक्ष अशोक पालिखेले बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको लागि उनिहरुकै इच्छा अनुसार प्रर्दशनी आयोजना गरिएको बताए ।


विद्यार्थीले उनिहरुले पढेको वातावरण, स्वास फेर्ने, पानी तान्ने, रोबोट, डोजर, सोलार सिस्टम, इको इनर्जि, अटोमेटिक फोहोर राख्ने डस्टबिन लगायतका धेरै विषयगत् बस्तुहरु बनाएका छन् । पढेको आधारमा उनिहरु सामुहिक र एक्लै पनि प्रदर्शनमा सरिक भएका उनले बताए । उनका अनुसार झण्डै ९ सय बिद्यार्थी प्रदर्शनीमा सामेल भए ।
हामीले १ देखि १२ कक्षासम्मका बिद्यार्थीहरुलाई बिज्ञान प्रदर्शनीमा सरिक बनाईरहँदा उनीहरुको इनोभेसनका लागि जाँच गर्ने निर्णायकहरु पनि राखेका छौं । अध्यक्ष पालिखेले भने, उत्कृष्ट सामग्री बनाउने बिद्यार्थीलाई पुरस्कृत गरिनेछ ।
पालिखेले बिद्यालयको शिक्षा फिक्स माइन्डसेटमा चल्दैन भन्ने मेरो बिचार छ । त्यसैले पनि समय अनुसारको परिवर्तन आवश्ष्यक हुन्छ । बिद्यालय खुलेको ३८ वर्ष भईसक्यो । निरन्तर यसैको विकासमा लागि रहेका छौं ।
गुणस्तरिय शिक्षाका लागि हामी कुनै सम्झौता नगरि अगाडी बढिरहेका छौं । हामीले आईसिटि चलाईरहेका छौं । थ्रिडिआई कक्षाका साथै पछिल्लो पटक बिद्यार्थी र शिक्षकलाई एआईको बारेमा जानकारी दिन थालेका छौं । त्यसैले गुणस्तरिय शिक्षाका लागि हामी कहिल्यै पछि नपर्ने गरी अग्रस्थानमा रहिरहने प्रयासमा छौं ।
गएको वर्ष हामीले हलमा कार्यक्रम गरेका थियौं । तर समयले मारेको फड्को संगै बिद्यार्थीले सिकेको ज्ञानसिपलाई व्यवहारमा देखाउन ४ रोपनीको मैदान राजेका हौं । उनले खुसि हुँदै भने, हाम्रा बिद्यार्थीले सिकेको सिपलाई त्यहाँ हेर्न जानेलाई ढुक्कले बयान गरिरहेका थिए जो धेरै सह्रायिन कार्य हो ।
हामीलाई हौसला मिलेको छ । यो हौसलाले हामीलाई २०८२ सालमा अझैं भव्य रुपमा साईन्स एक्जिविसन गर्न प्रेरित गरेको अध्यक्ष पालिखेले बताए ।
कक्षा चारका अनमोल गुरुङको समूहले वाटर साईकलको प्रोजेक्ट बनाएको थियो । उनीहरुले पानी कसरी पर्छ र त्यसको चक्र कस्तो हुन्छ ? बताईरहेको थएि ।
अभिभावक रुद्रप्रसाद खतिबडाले आफ्नो छोरी प्रसन्नाको समूहले बनाएको प्रोजेक्ट देखेर खुसि हुँदै भने, कुमुदिनीले राम्रा बिद्यार्थी उत्पादनका लागि हामी अभिभावकले भन्दा पनि धेरै मेहनत गरेको पाएँ । उनीहरुले नबाएका बस्तुहरु हेर्दा अचम्मै पो लाग्यो ।
कक्षा ११ की अनुस्का गुरुङको समूहले प्रविधिमैत्री तथा भूकम्प प्रतिरोधी दुईवटा घरको डेमो देखाए । उनले भनिन्, घरहरु बनाउँदा जोर्नि तथा घरका प्रत्येक तला उठाउँदाखेरि बीचमा स्प्रिङको प्रयोगले भूकम्प आउँदा धेरै हल्लिदैन र ढल्दैन् ।
कक्षा ५ का बसन्त वरालको समूहले अटोमेटिक डस्टविन बनाएको थियो । जो सेन्सरले काम गर्ने बताए । उनको समूहले फोहोर राख्ने भाँडोमा फोहोर राख्न जाँदाखेरि भाँडालाई नछोएरै हात देखाउने बित्तिकै आफै ढकनी खुल्ने र फोहोर राखेपछि बन्द हुने डस्टविन बनाएका थिए जो प्रयोग गरेर देखाए ।
अभिभावक देवी चौलागाईले भनिन्, नेपाल एडभान्समेन्टबाट नर्सरीदेखि १२ सम्म ५० बढी बिद्यार्थी अध्ययन गरिरहेको बताईन् । उनले भनिन्, उनीहरुले सिकेको सिपलाई व्यवहारमा राम्ररी उतार्न सकेको बताईन् ।
कार्यक्रममा विद्यालयका भाईस प्रिन्सिपल मुकेशकुमार अधिकारी, कार्यक्रम संयोजक विज्ञान विषय विभागीय प्रमुख बिदुर भण्डारी,शिक्षक सजनी मजु लगायत शिक्षकहरू व्यवस्थापनका काममा खटिएका थिए। प्रदर्शनीलाई प्रतियोगिताका रूपमा समेत सञ्चालन गरिएको थियो। माध्यमिक तह तर्फको निर्णायकमा उप प्राध्यापक एकनारायण भण्डारी, सन्दिप ढकाल र कृष्णप्रसाद अधिकारी रहनुभएको थियो। नि. मा. वि. तर्फ शिक्षकहरू रामकृष्ण दवाडी, सविना बन्जारा र स्नेहा पौडेल र प्रा. वि.तर्फ ममता गुरुङमनिष पौडेल र सङ्गीता पौडेल रहनुभएको थियो ।

  


Post a Comment

Previous Post Next Post