काठमाडौं
। वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित भएको छ । शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि
राष्ट्रिय परीक्षा बोर्डले अन्तिम क्षणमा आएर परीक्षा स्थगित गरेको हो ।
यसअघि मङ्गलवार बिहान बोर्डको बैठकले जिल्ला परीक्षा समन्वय समितिमार्फत निजमती कर्मचारीको समेत प्रयोग गरी परीक्षा पूर्वनिर्धारित समयतालिकाबमोजिम नै सञ्चालन गर्ने निर्णय गरेको थियो । सो निर्णयको निजामती कर्मचारीसहित विभिन्न क्षेत्रबाट आलोचना भएपछि प्रधानमन्त्रीको निर्देशनसमेतका आधारमा स्थगित गरिएको हो ।
परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाख २१ गतेदेखि परीक्षा सञ्चालन गरिने जानकारी दिए ।
Post a Comment