कुमुदिनीका शिक्षकलाई सामाजिक संवेगात्मक सिकाइ तालिम

 


पोखरा, वैशाख १० गते । पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स मा‍.वि.ले नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यालयका शिक्षकहरुका लागि शैक्षणिक तालिम दिन थालेको छ । यस वर्षको दोस्रो तालिम बुधवार सामाजिक संवेगात्मक सिकाइका बारेमा तालिम दिइएको छ ।

भाव का फाउण्डरद्वय मनोवैज्ञानिकहरू चाँदनी श्रेष्ठ घिमिरे र प्रशान्त श्रेष्ठले मन्टेश्वरीदेखि दश कक्षासम्म अध्यापनरत शिक्षक शिक्षिकाहरूलाई बालबालिकाहरूमा आउने विभिन्न संवेगात्मक अवस्थाहरूमा कसरी सहज रुपमा शिक्षण गर्न सकिन्छ भन्ने सन्दर्भमा सहजीकरण गरेका थिए ।

विद्यार्थीहरूको भावनालाई शिक्षकहरूले बुझ्दै युवा अवस्थामा आइपुगेका विद्यार्थीको सोचलाई शिक्षकले कसरी हेर्ने भन्ने सन्दर्भमा जानकारी दिन तालिम आयोजना गरिएको हो ।

काठमाडौँबाट यस सम्बन्धी विज्ञ प्रशान्त श्रेष्ठ र चाँदनी श्रेष्ठलाई बोलाएर तालिम आयोजना गरिएको कुरा संस्थापक अशोक पालिखेले बताए।

तालिम पश्चात शिक्षक शिक्षिकालाई बच्चाहरूको समस्या र भावना बुझ्न ठुलो सघाउ पुग्ने विश्वास उनले गरे । विद्यालय विद्यार्थीको भविष्य राम्रो बनाउन हरबखत दत्तचित्त भएर लागिरहेको उनले खुलाए ।

कुमुदिनी होम्सले विद्यार्थी तथा शिक्षकलाई लक्षित गरेर विभिन्न खालका तालिम लगायतका अभिभुखिकरण कार्यक्रम निरन्तर आयोजना गर्ने गरेको छ । यस्ता कार्यक्रमका माध्यमबाट विद्यार्थी तथा शिक्षकको क्षमता विकासमा सघाउ पुग्ने विश्वास गरिएको छ ।

माध्यमिक तह गणित विषय शिक्षक मन बहादुर भुजेलले तालिममा सिकेका हरेक कुरालाई आफ्नो अध्यापन कार्यमा प्रयोग गर्न शिक्षकहरूलाई आग्रह गरे।

यसपालि पनि काठमाडौंबाट प्रशान्त तथा चाँदनीलाई बोलाएका हौं । उहाँहरु फेरि एआईका जानकारहरु पनि हुनुहुन्छ । अध्यक्ष पालिखेले भने, शिक्षकहरुले विद्यार्थीहरुको मनोविज्ञान बुझेर अझै निखारता ल्याउन तालिम गरिएको हो । उनीहरुमा उत्सुकता हुन्छ । सानै उमेरदेखि नै उमेर अनुसारको उत्सुकता, तनाव व्यवस्थापनमा सघाउन अनि शिक्षण सिकाइका लागि कन्सन्ट्रेसन गराउन मद्धत पुग्ने भएकाेले तालिम गरिएको हो ।

हामीले हरेक महिनाका चार शुक्रबार विद्यार्थीहरुको लागि योगा सञ्चालन गरिरहेको र यसको प्रभाव राम्रो देखिएकोले तालिम र परामर्शका कार्यक्रमहरू गरिरहेकाे पालिखेकाे भनाइ थियाे ।

यसपालि पनि हामीलाई विद्यार्थी भर्नाले निकै हौसला दिएको छ । हामीले बारम्बार भनिरहेका छौं । बच्चाको सर्वाङ्गीण विकासका लागि शिक्षा, वातावरण, पूर्वाधार, समयअनुसारको शिक्षण सिपहरू आवश्यक कुरा हुन् । विद्यार्थीले ४ जिपिए नै ल्याउनु पर्छ भन्ने अभिभावकलाई लाग्ला तर हामीले विद्यार्थीलाई र विद्यालयलाई गर्व लाग्ने बनाउने लक्ष्य लिएर अगाडि बढिरहेका छौं र सफलता पाइरहेका छौं।

यहाँ भिडकाे कुरा भन्दा विद्यालयकाे अवलाेकन, गुणस्तर, प्रत्यक्ष अनुभव गरेर निर्णय लिन अभिभावकलाई भनिरहेका छाैं उनले भने। हाम्रा विद्यार्थी अहिले युरोप, अमेरिका, जापान, नेपालका टप क्याम्पस, युनिभर्सिटिमा स्करसिपमा पढिरहेका छन् । यसमा हाम्राे पनि खुसी जाेडिएकाे छ ।

हामीकहाँ पढ्ने विद्यार्थीहरुको लागि हामीसंगै नेपालमै पहिलो पटक खुलेको होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसि) रहेकोले बीएचएम, बीबीए, बीबीए फिनान्स तथा दुई वर्ष व्याचलर गरिसकेकाहरुको लागि साँझमा इएमबीएकाे कक्षा सञ्चालन भईरहेको जानकारी दिए । उनले भने, यी विषयहरु सुलभ रुपमा यही‌ पढ्न पाइने भएपछि बाहिर जान नपर्ने र खर्च पनि जाेगिन्छ ।

Post a Comment

0 Comments