कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता - EDUCATION NEWS NEPAL

अपडेट

Monday, February 23, 2026

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

 


पोखरा, फागुन ११ गते । पोखरा महानगरपालिका वडा नं.४ गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा क्रियाशील कुमुदिनी साहित्यिक मञ्चले सोमवार माध्यमिक तह (९-१२) स्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ ।

शिक्षकहरू दिपेन्द्र थापा मगर र दिपक के. सी. निर्णायक रहेका प्रतियोगितामा कक्षा ११ विज्ञान सङ्कायका सन्दिप अधिकारी प्रथम , कक्षा ११ विज्ञान सङ्कायकै सलिना खत्री द्वितीय, कक्षा १२ विज्ञान सङ्कायका अर्जुन विश्वकर्मा तृतीय र कक्षा ११ विज्ञान सङ्कायकी नम्रता अधिकारी चौथो भएका छन् ।

साहित्यिक मञ्चका संरक्षक मनबहादुर भुजेलले विजयी विद्यार्थीलाई बधाई ज्ञापन गर्दै यस्ता रचनात्मक कार्यले विद्यार्थीमा सिर्जनशील क्षमताको विकास गराउने कुरामा जोड दिए । मञ्चका कार्य समिति सदस्य लियोन पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रम सल्लाहकार सुशील नेपालीले सञ्चालन गरेको शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए ।