स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका रहेको बालगृह अमोरसेवा नेपालमा सामूहिक ब्रतवन्ध सम्पन्न भएको छ ।
बालगृहमा
आश्रितमध्ये २१ जना बालकहरूको एकै पटक ब्रतबन्ध गरिएको हो । हिन्दु धर्मसंस्कारमा
छोराहरूको ब्रतबन्ध गर्ने संस्कार रहिआएको छ । सामाजिक अभियन्ता कमला पराजुलीको
नेतृत्वमा २०६८ सालदेखि सञ्चालित बालगृहमा हाल ४६ जना बालबालिका आश्रित छन् । अविवाहित पराजुलीले बालबालिकाकै हेरचाह र
भरणपोषणमै जीवन समर्पित गरेकी छन् ।
स्याङ्जाको
ग्रामीण क्षेत्रमा रहेको बालगृह परोपकारी
मन भएकाहरूको लागि धार्मिक तीर्थस्थल नै बनेको छ । हालसम्म बालगृह सञ्चालनका लागि कुनै
पनि विदेशी सहयोग नलिइएको बालगृहकी संस्थापक पराजुलीले जानकारी दिइन् ।
