कुमुदिनीमा बेलायतबाट आएका प्रशिक्षकले दिए पिकल बल खेलको प्रशिक्षण - EDUCATION NEWS NEPAL

अपडेट

Wednesday, March 4, 2026

कुमुदिनीमा बेलायतबाट आएका प्रशिक्षकले दिए पिकल बल खेलको प्रशिक्षण


 

पोखरा । पोखराको गैह्रापाटनमा रहेको प्रतिष्ष्ठित विद्यालय कुमुदिनी होम्स माध्यमिक विद्यालयमा बुधबार बेलायतबाट आएको एक टोलीले अवलोकन भ्रमण तथा पिकल बल खेलको प्रशिक्षण दिएका छन् ।

लामो समयदेखि बेलायतका बस्दै आएका नविन  गुरुङको नेतृत्वमा आएको ३१ जनाको क्याम्ब्रिज पिकल बल क्लवका तीन जनाले विद्यार्थीलाई प्रशिण दिएका हुन् ।

खेलकुद शिक्षक आशिष गुरुङसहित विद्यार्थीहरुलाई क्याम्ब्रिज पिकल बल क्लवका कारेन डुगन, क्लेयर मोक्नाईट र स्टेफ ग्रेसले प्रशिक्षण दिएका शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए ।

पिकल बल खेल ब्याडमिन्टनको जस्तै कोर्टमा खेलिने खेल हो । तर यसको नेटको हाईट खेलाडीको कम्मरभन्दा तल नै हुन्छ । सेन्टरमा किचन भाग हुन्छ । जहाँ टेबलटेनिस ब्याट जस्तै देखिने ब्याटले खेल्ने गरिन्छ । किचेन दुबैपट्टि कोरिया रेखा नकाटेर बल विपक्षीको कोर्टमा फर्काइन्छ ।

प्रशिक्षण अघि विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले बेलायती टोलीलाई स्वागत गर्दै हरियाली  वातावरण र सम्पदायुक्त विद्यालयको भौतिक संरचनाको बारे जानकारी दिएका थिए ।

सो अवसरमा टोलीले विख्यात कलाकारहरुको कलाकृतिले भरिएको जेके आर्ट म्युजियम, नेपाली जनजीवन, सभ्यतासँग जोडिएका परम्परागत लु्गाफाटा, भाँडाबर्तन् र पुराना चिजवस्तुहरुको विद्यालयमा रहेको सामाजिक संग्रहालयको रुचिपूर्वक अवलोकन गरेका थिए ।

नयाँ नयाँ केही गरौं लागिरहन्छ त्यो शिक्षण सिकाई वा खेलकुद वा अरु कुनै । यो समयमा हामीले यो खेललाई विद्यालयमा भित्र्याउन पाउँदा निकै खुसी लागेको विद्यालयका अध्यक्ष पालिखेले बताए । उनले भने, पढाइमा पनि उच्च लक्ष्य छँदैछ र स्वस्थताका लागि खेलकुद पनि अति आवश्यक छ ।