पोखरा, असार १३ गते । पोखरा-३०, शिशुवास्थित शान्ति आधारभूत विद्यालयमा अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रमले विद्यार्थीहरूको बौद्धिक तथा व्यावहारिक
क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास लिएको प्रधानाध्यापक
मनिराम कडेलले जानकारी दिए । विद्यालयमा क्रियाशील बाल क्लबको आयोजनामा सम्पन्न कार्यक्रम
संरक्षक कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक
राधाकृष्ण सुवेदीले गरेका थिए ।
प्रतियोगितामा
विभिन्न सदनका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए । प्रतिस्पर्धामा
उत्कृष्ट प्रदर्शन गर्दै विजेता बनेका छात्र–छात्राहरूलाई बधाई दिँदै आकर्षक
पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार वितरण विद्यालयका अतिरिक्त क्रियाकलाप
संयोजक तारादेवी सुवेदीले गरेकी थिइन् ।
