वालिङ, साउन ६ गते । नेपाली लेखक सङ्घ, स्याङ्जाले ४४ औँ बिपी स्मृति दिवसको सन्दर्भमा बिपी विचार गोष्ठी एवम् काव्य उत्सव- २०८३ बुधवार वालिङमा सम्पन्न गरेको छ ।
नेपाली लेखक सङ्घ,
स्याङ्जाका अध्यक्ष पारिश्वर न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपाने रहेका थिए ।
प्रमुख वक्ताका रूपमा प्रा.डा. वासुदेव भण्डारी र टिप्पणीकर्ताका रूपमा
ध्रुवप्रसाद शर्मा पङ्गेनी रहेका कार्यक्रममा नेपाली काङ्ग्रेस भीरकोटका सभापति
यामप्रसाद अधिकारी (लक्ष्मण), वालिङ बहुमुखी क्याम्पसका
निमित्त क्याम्पस प्रमुख विष्णु सुवेदी गैह्रे, नेपाल शिक्षक
सङ्घ, स्याङ्जाका अध्यक्ष पशुपति पौडेल, नेपाली लेखक सङ्घ, कास्कीका अध्यक्ष तथा गण्डकी
प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य कमल पौडेल ‘अथक’, नेपाली
लेखक सङ्घका केन्द्रीय सचिव मिलन समीरलगायते चरणमा बिपी विचार गोष्ठीअन्तर्गत आफ्ना
विचार प्रस्तुत गरेका थिए ।
कार्यक्रमको दोस्रो
चरणमा बिपी. काव्य उत्सव- २०८३ अन्तर्गत ध्रुवप्रसाद शर्मा पङ्गेनी, कमला रेग्मी, विकास थापा मगर, बबिन
पाठक, रमेश कुख्यात, स्मारिका अर्याल,
गोविन्दशरण रेग्मी, मुनाल गोदार क्षेत्री,
ढालबहादुर के.सी., रेशमलाल डुम्रे, नारायण न्यौपाने ‘दर्शन’, लक्ष्मी रेग्मी खनाल,
वसन्त खनाल, खगेन्द्रजङ थापा, दिलिप तिवारी, लीलाप्रसाद रेग्मी, राजु गैह्रे, शम्भु अर्याल, राजेन्द्र
श्रेष्ठ, विनुप्रसाद पराजुली, झवनाथ
बस्याल, प्रेमप्रसाद सुवेदी, सीताराम
अधिकारी, कमलप्रसाद बगाले, प्रकाश
न्यौपाने चौरासपति, जिबी राना, ओम थापा,
गुरुप्रसाद ढकाल, सरस्वती अर्याल काफ्ले,
चण्डिकाप्रसाद भट्टराई, शान्ता थापा, यमप्रकाश खनाल, अनन्त अर्याल, लेखनाथ
काफ्ले, मिलन समीर, पारिश्वर न्यौपाने
लगायतले आफ्ना उत्कृष्ट रचना प्रस्तुत गरेका थिए ।
नेपाली लेखक सङ्घ, स्याङ्जाका उपाध्यक्ष शान्ता थापाद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको
कार्यक्रमको सहजीकरण सचिव गुरुप्रसाद ढकालले गरेका थिए । कार्यक्रमको संयोजन
नेपाली लेखक सङ्घ, स्याङ्जाका निवर्तमान अध्यक्ष तथा वर्तमान केन्द्रीय सचिव मिलन
समीरले गरेका थिए ।
