पोखरा, साउन २२ गते । भास्कर मेमोरियल स्कुल, पोखरा–११, फूलबारीमा जुनियर/युवा रेडक्रस सर्कलको साधारण सभा, प्रशिक्षण तथा नयाँ कार्यसमिति गठन कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूमा मानवीय सेवा, स्वयम्सेवी भावना, नेतृत्व क्षमता, विपद् व्यवस्थापन तथा सामाजिक उत्तरदायित्वको विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयमा नयाँ युवा रेडक्रस सर्कल गठन गरिएको हो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी,
जिल्ला शाखा कास्कीका उपमन्त्री एवम् जुनियर युवा समिति कास्कीका संयोजक डिल्लीराम
बराल प्रमुख अतिथि रहेका कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका
जिल्ला सदस्य खगेन्द्रराज पराजुली, जुनियर युवा समिति कास्कीका पूर्व संयोजक
रमेशराज भण्डारी, विद्यालयका निर्देशक विश्वराज बाँस्तोला, प्रधानाध्यापक
विश्वराज पौडेललगायत शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कक्षा १२ की छात्रा सीता क्षेत्रीको अध्यक्षतामा
सम्पन्न सभाले विद्यालयको जुनियर/युवा रेडक्रस सर्कलको नयाँ कार्यसमिति गठन गरेको
हो । प्राप्त विवरणअनुसार समितिमा अध्यक्ष नम्रता अधिकारी, उपाध्यक्ष
रोशनी के.सी., सचिव सीता क्षेत्री, सह–सचिव
अमित कुँवर, कोषाध्यक्ष सलिना गुरुङ तथा सहकोषाध्यक्ष सिम्रन
भण्डारीलगायत विद्यार्थीहरू सदस्यमा चयन भएका छन् ।
सपथ ग्रहणसँगै सेवाको
प्रतिबद्धता
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा
सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको थियो । सपथ ग्रहणपछि नेपाल
रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपमन्त्री एवम् जुनियर युवा समिति संयोजक
डिल्लीराम बरालले नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना
व्यक्त गरे ।
बरालले विद्यार्थी जीवनमा रेडक्रससँग आबद्ध भएर
गरिने मानवीय सेवा र स्वयम्सेवी कार्यले नेतृत्व क्षमता तथा सामाजिक
उत्तरदायित्वको भावना विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले
रेडक्रसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवीय अभियान, रेडक्रसका
गतिविधि, विपद्को समयमा जुनियर/युवा रेडक्रसको भूमिका तथा
विद्यालयस्तरमा सर्कलले निर्वाह गर्नुपर्ने जिम्मेवारीका विषयमा प्रशिक्षणसमेत दिए
।
उनले विपद् जुनसुकै समयमा आउन सक्ने भएकाले
विद्यार्थीहरूलाई विपद् पूर्वतयारी, प्राथमिक उपचार, उद्धार
तथा मानवीय सहयोगका आधारभूत ज्ञान र सीप आवश्यक रहेको उल्लेख गर्दै नयाँ समितिले
विद्यालय र समुदायमा उदाहरणीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे
विपद् व्यवस्थापनदेखि प्राथमिक
उपचारसम्म सहजीकरण
कार्यक्रममा जुनियर युवा समिति कास्कीका पूर्व
संयोजक रमेशराज भण्डारीले विपद् व्यवस्थापन, मानवीय उद्धार, प्राथमिक
उपचार, राहत
सामग्री सङ्कलन तथा वितरण र मानवीय सेवामा युवाको दायित्वका विषयमा सहजीकरण गरे ।
भण्डारीले विपद्का समयमा युवा रेडक्रस
स्वयंसेवकले अनुशासन, समन्वय र मानवीय संवेदनाका साथ काम
गर्नुपर्ने बताउँदै विद्यार्थीहरूलाई प्राथमिक उपचार तथा विपद् व्यवस्थापनसम्बन्धी
व्यावहारिक ज्ञान हासिल गर्न आग्रह गरे ।
रेडक्रसका सात सिद्धान्तबारे
जानकारी
रमेशराज भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा
रेडक्रसका सात आधारभूत सिद्धान्तबारे सीता क्षेत्रीले प्रस्तुतीकरण गरेकी थिइन् ।
उनले मानवीयता, निष्पक्षता, तटस्थता,
स्वतन्त्रता, स्वयम्सेवा, एकता
र विश्वव्यापकता जस्ता रेडक्रसका आधारभूत सिद्धान्तले विश्वभरको रेडक्रस तथा रेड
क्रिसेन्ट अभियानलाई मार्गदर्शन गर्दै आएको जानकारी गराइन् ।
विद्यार्थीहरूले रेडक्रसका सिद्धान्त र मानवीय
सेवाबिचको सम्बन्धबारे जानकारी प्राप्त गर्दै आगामी दिनमा विद्यालय तथा समुदायमा
सेवा र सहयोगका गतिविधिमा सक्रिय सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।
विद्यालयको निरन्तर साथ र सहयोग
रहने
कार्यक्रममा विद्यालयका निर्देशक विश्वराज
बाँस्तोलाले भास्कर मेमोरियल स्कुलले जुनियर/युवा रेडक्रस अभियानलाई सदैव साथ, सहयोग
र सहभागिता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विद्यार्थीलाई पढाइसँगै
सेवामा जोडिन आग्रह गर्दै मानवीय सेवा, सामाजिक कार्य र स्वयम्सेवाले
विद्यार्थीको व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले विद्यालयमा रेडक्रसका गतिविधिलाई थप
व्यवस्थित र प्रभावकारी बनाउँदै विद्यार्थीलाई समाजप्रति जिम्मेवार नागरिकका रूपमा
विकास गर्न विद्यालय प्रशासनले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नयाँ कार्यसमिति गठन तथा निर्वाचन प्रक्रिया
सम्पन्न गर्न रमेशराज भण्डारीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो ।
समितिको सदस्यमा खगेन्द्रराज पराजुली र विश्व पौडेल रहेका थिए । निर्वाचन समितिले
आवश्यक प्रक्रिया पूरा गरी नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमिति गठनसँगै भास्कर मेमोरियल
स्कुलका विद्यार्थीहरू अब मानवीय सेवा, विपद् पूर्वतयारी, प्राथमिक
उपचार, सरसफाइ, वातावरण
संरक्षण, राहत तथा उद्धार र सामाजिक सेवाका अभियानमा थप
सक्रिय हुने अपेक्षा गरिएको छ ।
विद्यालयमा गठन भएको नयाँ जुनियर/युवा रेडक्रस
सर्कलले विद्यार्थीलाई केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नराखी सेवा, सहयोग, नेतृत्व, अनुशासन
र मानवताको व्यवहारिक पाठ सिकाउने महत्वपूर्ण माध्यमका रूपमा काम गर्ने विश्वास
गरिएको छ ।
कार्यक्रमले भास्कर मेमोरियल स्कुलमा ‘पढाइसँगै
सेवा, सेवासँगै
नेतृत्व र नेतृत्वसँगै मानवता’ को भावनालाई संस्थागत गर्ने नयाँ अध्यायको सुरुवात
गरेको छ । नवनिर्वाचित समितिले रेडक्रसका मूल्यमान्यता र सिद्धान्तलाई आत्मसात्
गर्दै विद्यालय तथा समुदायमा मानवीय सेवाको अभियानलाई अझ प्रभावकारी बनाउने
प्रतिबद्धता व्यक्त गरेको छ ।




0 Comments