पोखरा, साउन २३ गते । रूपा गाउँपालिका वडा नं. २ मा आयोजना गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ । गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले थुम्की आधारभूत स्वास्थ्य केन्द्रले आयोजना गरेको शिविरमा वडा नं. २ लगायत आसपासका क्षेत्रका नागरिकहरूले उल्लेख्य सहभागिता जनाउँदै विभिन्न स्वास्थ्य सेवा लिएका छन् ।
शिविरमा महिला रोगतर्फ
७० जना,
हाडजोर्नीसम्बन्धी सेवा ११३ जना, आँखा परीक्षण
४६१ जना, फिजिसियन सेवा १४० जना, भिडियो
एक्स–रे १०० जना, ECG परीक्षण ११६ जना, मिर्गौला परीक्षण ११८ जना तथा सुगर परीक्षणसम्बन्धी ११८ जनाले सेवा लिएका
थिए ।
कार्यक्रमको उद्घाटन
गर्दै प्रमुख अतिथि रूपा गाउँपालिका, वडा नम्बर २ का वडाअध्यक्ष राजन सुवेदीले जनताको
समस्या र आवश्यकतालाई नजिकबाट बुझेर स्वास्थ्य सेवा गाउँमै ल्याउने प्रयास गरिएको बताए
। जनताको स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण विषय भएकाले आर्थिक अभावकै कारण आधारभूत
तथा विशेषज्ञ स्वास्थ्य सेवाबाट कोही पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने
उद्देश्यले शिविर आयोजना गरिएको बताउँदै वडाअध्यक्ष सुवेदीले आगामी दिनमा पनि
नागरिकको आवश्यकताअनुसार यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे
।
कार्यक्रममा
चिकित्सकहरूको तर्फबाट फिजिसियन डा. सन्दिप ओझाले गाउँमै पुगेर नागरिकलाई
स्वास्थ्य सेवा प्रदान गर्न पाउँदा आफूहरू निकै खुसी भएको बताए । उनले स्थानीय
नागरिकको उत्साहजनक सहभागिताले स्वास्थ्यसम्बन्धी सचेतना बढ्दै गएको देखिएको
उल्लेख गर्दै यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य
सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा रूपा
स्वास्थ्य संस्थाका प्रमुख रामचन्द्र ओझा, शिवालय
माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्धिराम विश्वकर्मा, स्थानीय
समुदायका तर्फबाट युवा नेता अमृत ओझा तथा बाल क्लबका तर्फबाट अस्मित ओझाले मन्तव्य
व्यक्त गरेका थिए । वक्ताहरूले गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने
उद्देश्यले गरिएको कार्यक्रम निकै महत्त्वपूर्ण र उदाहरणीय रहेको बताउँदै आगामी
दिनमा पनि यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका
थि ए।
समग्र कार्यक्रमको संयोजन
स्वास्थ संस्थाका कर्मचारी टोपबहादुर श्रेष्ठले गरेका थिए भने कार्यक्रममा संस्थाका
प्रमुख प्रमोद ढुङ्गानाले स्वागत मन्तव्य राखेका
थिए । लीला ओझाको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन थुम्की क्लबका अध्यक्ष मिलन
थापाले गरेका थिए ।



0 Comments