पोखरा, साउन २३ गते । कास्कीको रूपा गाउँपालिका वडा नम्बर २ मा सञ्चालित शिवालय मावि पूर्व विद्यार्थी मञ्चले रूपा गाउँपालिका माध्यमिक तह (कक्षा ९-१०) स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । शिवालय मा.वि.को प्राङ्गणमा आयोजित प्रतियोगितामा रूपाज्योति मा.वि. तालबेसीले प्रथम स्थान हासिल गर्यो । यसै गरी शिवालय मा.वि., विश्वशान्ति मा.वि. र चन्द्रप्रभा मा.वि. ले क्रमश: द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल भए । विजेता विद्यार्थीहरूलाई क्रमशः पाँच हजार, चार हजार, तीन हजार र दुई हजार नगदसहित ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
विद्यालयको
शैक्षिक गुणस्तर तथा भौतिक विकासमा काम गर्दै आएको पूर्व विद्यार्थी मञ्चको पहलमा
विद्यालयको प्राङ्गणमा निर्मित विश्राम स्थल उद्घाटनको अवसरमा आयोजित हाजिरीजवाफ
प्रतियोगितामा रूपा गा.पा. का सम्पूर्ण माध्यमिक विद्यालय सहभागी भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रूपा-२ का वडाअध्यक्ष राजन सुवेदीले विश्राम स्थलको उद्घाटन
गर्नुका गरेका थिए । विद्यार्थीकेन्द्रित कार्यक्रममा रूपा- २ ले सधैँ साथ दिने सुवेदीको
भनाइ थियो ।
कार्यक्रममा
विशिष्ट अतिथि रूपा गा.पा. शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम गैह्रे, पूर्व विद्यार्थी
मञ्चका सल्लाहकार शिवराज सुवेदी र रामचन्द्र ओझा,
गाउँफर्क मा.वि.का प्र.अ. नवीन
आचार्य, शिवालय मा.वि.का प्र.अ. बुद्धिराम विश्वकर्मालगायतले
शुभकामना दिएका थिए ।
मञ्चका
अध्यक्ष पोष्टराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न
गर्न पूर्वविद्यार्थीहरू प्रकाश सुवेदी, टीकाराम सुवेदी,
शिवराज सुवेदी, रमाकान्त ओझा, हरिकृष्ण सुवेदी, लक्ष्मण ढुङ्गाना, रामचन्द्र ओझालगायतले
आर्थिक सहयोग गरेका थिए । अन्य नौ जना पूर्व विद्यार्थीले आजीवन सदस्यता लिएर मञ्च
परिवारलाई हौसला दिएका अध्यक्ष सुवेदीले जानकारी दिए । मञ्चका उपाध्यक्ष उदयराज
ओझा निर्णायक रहेको उक्त कार्यक्रमको सञ्चालन सचिव मिलन थापाले गरेका थिए ।
विद्यालयका तत्कालीन प्रधानाध्यापक रुपिन्द्र प्रभावीको पहलमा वि.सं.२०७५ सालमा
स्थापित मञ्चले विद्यालयभित्र सक्रियतापूर्वक विविध कार्यक्रम गर्दै आएको छ ।


0 Comments