विश्व साइकल दिवसमा फिस्टेलको साइकल यात्रा - EDUCATION NEWS NEPAL

अपडेट

Wednesday, June 3, 2026

विश्व साइकल दिवसमा फिस्टेलको साइकल यात्रा



प्रेमनारायण ढकाल

पोखरा, जेठ २० गते पोखरा १७, तल्लो बिरौटामा रहेको फिस्टेल एकेडेमी आई.बी. वर्ल्ड स्कुलले विश्व साइकल दिवस २०२६ को अवसर पारेर विद्यालय हातादेखि पर्यटकीय क्षेत्र पामेसम्म साइकल यात्रा गरेको छ ।

बुधवार सम्पन्न कार्यक्रममा विद्यालयको कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले करिब १० किलोमिटरको साइकल यात्रा सम्पन्न गरे । प्रदूषणरहित सावारी साधनको प्रयोग गर्दै शारीरिक तन्दुरुस्ती कायम गर्न तथा वातावरणीय प्रदूषणको न्यूनीकरण गर्न जनचेतना फैलाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कुरा विद्यालयका प्रधानाध्यापक अभिषेक राईले जानकारी दिए । विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा गरिएको सो कार्यक्रममा विद्यार्थीहरुले पामे क्षेत्रको फोहरमैला सङ्कलन गरी सरसफाइको काम पनि गरेका थिए ।

यसैगरी कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुले पोखरा २१ दम्सादी क्षेत्रको प्राकृतिक सुन्दरताको अवलोकन गर्दै हाइकिङसमेत सम्पन्न गरे । सो अवसरमा उनीहरुले जैविक विविधता, प्रकृति संरक्षण तथा वातावरणीय स्वच्छताका बारेमा विविध जानकारी प्राप्त गरे ।