Top News

५६ औँ लघुकथा वाचन

 


पोखरा । लघुकथा प्रतिष्ठान, पोखराको ५६ औँ लघुकथा वाचन कार्यक्रम शनिवार पोखरामा सम्पन्न भएको छ ।

हरेक महिनाको दोस्रो शनिवार हिमालयन रिडर्स कर्नरमा हुँदै आएको लघुकथा वाचनको सो शृङ्खलामा दीपक समीप, कल्याण पन्त, रुपिन्द्र प्रभावी, विष्णु अल्पविराम, विकास लुङ्गेली, लाल कार्की ‘अञ्जान’, कृष्णप्रसाद बस्ताकोटी, ढाकामोहन बराल, शोभा लामिछाने, विष्णु बाँस्तोलालगायतले आफ्ना लघुकथा वाचन गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य रुपिन्द्र प्रभावीले गरेका थिए ।

Post a Comment

Previous Post Next Post