रोकिन्न आन्दोलन
-
रामप्रसाद खनाल
स्थायी
होस्,
गरियोस् सबै तरहका उस्तै बनुन् शिक्षक ,
जम्मै
बालविकास रक्षित हुने, ख्वै कर्मचारी हक ?
अस्थायी
अवधी गरेर गणना तोक्नै पर्यो पेन्सन,
शिक्षा
ऐन नवीन लागु नगरे रोकिन्न आन्दोलन ।।
बेलैमा
बढुवा नगर्नु किन हो, अन्यायले ग्रसित,
भत्ता
ग्रेड निजामतीसरह होस् आयोगमार्फत् प्र अ ।
हाम्रा
शिक्षकका सुरक्षण हुने काउन्सील होस् स्थापन
शिक्षा
ऐन नवीन लागु नगरे रोकिन्न आन्दोलन ।।
बेजिल्ला
अनि जो सुदूरतिरमा भत्ता पुगोस् दुर्गम ,
जिल्लामै
हुनुपर्छ फेरि जि शि का, शिक्षा रहोस् संघमा
त्यो
संस्थागतमा समान सुविधा होस् है नहोस् वञ्चन
शिक्षा
ऐन नवीन लागु नगरे रोकिन्न आन्दोलन ।।
हाम्रो
होस् अधिकार रक्षित सधैं त्यै ट्रेड यूनीयन,
यी
मुद्दा जति छन् बुझेर गरिदे सर्कार, सम्वोधन ।
लौलौलौ
उठ जाग कम्मर कसी, हे मित्र हे सज्जन !
शिक्षा
ऐन नवीन लागु नगरे रोकिन्न आन्दोलन ।।
हाम्रो
यो गणतन्त्रको समयमा, पञ्चायती ऐनको
भोभो,,च्यात धर्यात्त पार यसको, बेमौसमी चैनको ।
सम्झौता
जति जे थियो विगतको, बिर्स्यौ कि सम्झ्यौ भन
शिक्षा
ऐन तुरुन्त लागु नगरे रोकिन्न आन्दोलन ।।
नेता
शैक्षिकका नबिग्र उसरी "धारो-उधारो " कतै,
हामी
लड्न तयार छौँ हरघडी, जित्छौँ कि बित्छौँ यतै।
रातो
रक्त शिरा बगाइ धमनी सुक्तैन हाम्रो तन,
शिक्षा
ऐन तुरुन्त लागु नगरे रुक्तैन आन्दोलन ।।
गोरखा
Post a Comment