कुमुदिनी होम्समा प्रथम एस.ई.ई. कप जारी

 


पोखरा । पोखरा ४ गैह्रापाटनमा रहेको  विद्यालय कुमुदिनी होम्समा एस. ई. ई. दिएर बसेका विभिन्न जिल्लाका  विद्यालयका विद्यार्थीहरुबीच प्रथम एस ई ई कप २०८१ मङ्गलवारदेखि  जारी छ ।

बुधवार सम्पन्न फुटसलमा अमरसिंह मा. वि., पञ्चमुनि मा. वि. (ए) तनहुँ, राष्ट्रिय मा.वि., कास्की मोडनाइज्ड, विन्ध्यवासिनी मा.वि. ( बाटुलेचौर), छोरेपाटन मा.वि., शान्तिदीप मा.वि., जनप्रकाश मा. वि. (बि), जनप्रिय, प्रतिभा, बालोदय, स्टेप वाइ स्टेप, बालकल्याण, महेन्द्र, अमरसिद्धि मा. वि., वोइस्ट पोइन्ट मा. वि. (बेनी), प्रगति (बि), अल्फा बोर्डिङ दोस्रो चरणमा प्रवेश गरेको छ । त्यस्तै कुमुदिनी होम्स मा.वि., ग्लोबल कलेजियट, हिमालयन बोर्डिङ,जनप्रकाश मा.वि. (ए) र एस्.ओ.एस्.तेस्रो चरणमा ( प्रि-क्वाटर ) प्रवेश गरेको छ। छात्रा बास्केटबलतर्फ बि. एम. जि. मा.वि. र साइनिङ स्टार सेमिफाइनलमा प्रवेश गरेको छ। त्यसै गरी छात्र बास्केटबलतर्फ सिर्जना , वेलनन एकेडेमी , जनप्रिय, विन्देश्वरी, भद्रकाली, मेश्रम बाराह मा. वि., भू.पू. सैनिक मा. वि. (वालिङ), केफ मा. वि., गण्डकी बोर्डिङ, ग्लोबल, गलेश्वर आदर्श मा. वि. म्याग्दी र नेपाल आदर्श दोस्रो चरणमा प्रवेश गरेको छ । 

प्रतियोगिता अझै दुई दिनसम्म सञ्चालन हुने कुरा एस्.ई.ई. कप संयोजक विकास ढुङ्गानाले जानकारी दिनुभयो ।

Post a Comment

Previous Post Next Post