रूपामा प्रकट पगेनी ‘शिव’ को शालिक शिलान्यास

 


पोखरा । प्रसिद्ध गजलकार स्व. प्रकट पगेनी ‘शिव’ को अर्धकदको शालिक बन्ने भएको छ ।

उनको प्रथम स्मृति दिवसको अवसरमा रूपा- ५ देउरालीमा शालिक शिलान्यास गरिएको प्रकट पगेनी ‘शिव’ स्मृति प्रतिष्ठानका अध्यक्ष टिकाराम पगेनीले जानकारी दिनुभयो । शनिवार रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले शालिकको शिलान्यास गर्नुभएको थियो । समग्र रूपा तथा देशकै गहनाका रूपमा रहनुभएका साहित्यकारको सम्मानमा शालिक निर्माण गर्न लागिएको हो । त्यस्तै रूपा वाङ्‍मय प्रतिष्ठानले पनि प्रकट पगेनी ‘शिव’को स्मृति दिवसकै अवसरमा उहाँको सम्झनामा प्रकट पगेनी ‘शिव’ स्मृति पुरस्कार प्रदान गर्नेगरी प्रकट पगेनी ‘शिव’ स्मृति अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ भने अक्षयकोष स्थापनामा  सहयोग गर्न सबैलाई आह्‍वान गरेको छ ।

Post a Comment

Previous Post Next Post