कुमुदिनी होम्समा वक्तृत्वकला सम्पन्न

 


पोखरा । पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रवार वार्षिक कार्यतालिकाअनुसार नयाँ शैक्षिक सत्रको पहिलो अतिरिक्त क्रियाकलाप अन्तर्गत आधारभूत तह स्तरीय अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

आधारभूत तह इन्चार्ज सजनी मजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतियोगी विद्यार्थीहरूले " विज्ञान प्रविधिको महत्त्व "  र " एक असल विद्यार्थी हुन मेरो कर्तव्य " दुई छुट्टाछुट्टै शीर्षकमध्ये एकमा आ- आफ्ना विचार व्यक्त गरेका थिए । प्रतियोगितामा कक्षा ७ (ग) की संस्कृति गैह्रे प्रथम, कक्षा ७ (ख) का श्रेयान्स द्विवेदी द्वितीय , कक्षा ६(ग) का  श्रेयान के.सी. तृतीय  र कक्षा ६ (क) का विमर्श नेपालीले सान्त्वना स्थान हाँसिल गरेका छन् ।

शिक्षिका मुना देवकोटाले सञ्चालन गरेको कार्यक्रममा शिक्षकहरू अभिशेक विश्वकर्मा र सावित्री बराल निर्णायक र मनिष पौडेलले समयपालकको भूमिका निभाउनुभएको थियो । प्रतियोगितामा कक्षा ६ देखि ८ सम्मका करिब ४ दर्जन विद्यार्थीहरूले सहभागिता जनाएका कुरा कार्यक्रम संयोजक श्रवण कुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।



Post a Comment

Previous Post Next Post