तनहुँ, वैशाख १६ गते । तनहुँको भिमाद नगरपालिकामा मानिसमा हुने प्रतिरक्षा कमजोरीसम्बन्धी रोगहरूको पहिचानबारे अभिमुखीकरण सम्पन्न भएको छ ।
आयोजक
नेपाल प्राइमरी इम्युनोडेफिसेन्सिस एन्ड इनबर्न एरर्स इनिसिएटिभ (NePOPII) का अध्यक्ष सन्दिप पौडेलले सहजीकरण गरेका कार्यक्रममा भिमादका विभिन्न
क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । विश्व प्रतिरक्षा कमजोरी सप्ताहका
अवसरमा आयोजित कार्यक्रममा पौडेलले प्रारम्भिक प्रतिरक्षा कमजोरीसम्बन्धी रोगहरूको प्रारम्भिक
पहिचान र समायोजित उपचारका बारेमा सहजीकरण गरेका थिए ।
इन्टरनेसनल
प्यासियन्ट अर्गनाइजेसन अफ प्राइमरी इम्युनोडेफिसेन्सिसको आह्वानमा हरेक वर्ष
अप्रिल २२ देखि २९ सम्म सप्ताह मनाउने गरिएको छ । ‘अब प्रतिक्षा सम्भव छैनः
तत्काल कार्य गर्ने समय आएको छ’ भन्ने मान्यताका साथ अन्तर्राष्ट्रिय स्तरमा
कार्यरत उक्त संस्थाले प्रतिरक्षासम्बन्धी कार्य गर्दै आएको छ ।
पौडेलले प्राथमिक प्रतिरक्षा कमजोरीका मुख्य लक्षणहरूबारे बताउँदै ५५० भन्दा बढी रोगसमूह हुने जानकारी दिए । उनले बारम्बार सङ्क्रमण हुनु, लामो समयसम्म निको नहुनु, बारम्बार एन्टिबायोटिक प्रयोग गर्दा पनि कम सुधार हुनु, गहिरा फोका वा पिप बग्ने समस्यालगायत लक्षण देखिने पौडेलले जनाए । उनले रोग पत्ता लगाउनका लागि रक्त परीक्षण गर्नुपर्ने बताउँदै उपचारमा विशेष ध्यान दिनु आवश्यक भएको बताए । जीवन रक्षाका लागि समयमै रोग पहिचानका लागि लक्षणहरूका आधारमा विशेषज्ञ भेट्नुपर्नेमा पौडैल जोड दिए ।
कार्यक्रमका
सहभागीहरूले राखेका जिज्ञासाहरूको समाधान गर्दै पौडेलले आगामी दिनमा पनि संस्थाले
यस्ता कार्यक्रम गर्ने जानकारी दिए ।
Primary
Immunodeficiency (PI) भनेको शरीरको प्रतिरक्षा प्रणाली
ठीकसँग काम नगर्ने अवस्था हो, जसले गर्दा व्यक्तिलाई
बारम्बार संक्रमण हुने, लामो समयसम्म निको नहुने जस्ता
समस्या देखिन सक्छन् ।
प्राथमिक प्रतिरक्षा कमजोरीका मुख्य लक्षणहरू
प्राथमिक प्रतिरक्षाका
५५० भन्दा बढी रोगसमूह हुने भए तापनि PI भएका
व्यक्तिमा प्रायः यस्ता समस्या देखिन्छन्:
- बारम्बार सङ्क्रमण हुनु (जस्तै:
रुघाखोकी, कान, फोक्सोको सङ्क्रमण)
- संक्रमण लामो समयसम्म निको नहुनु
- बारम्बार एन्टिबायोटिक प्रयोग गर्दा
पनि न्यून सुधार
- गहिरा फोका वा पिप बग्ने समस्या
- तौल नबढ्नु वा बच्चामा वृद्धि ढिला
हुनु
- मुख वा छालामा लगातार फङ्गस सङ्क्रमण
- गम्भीर प्रणालीगत सङ्क्रमण (सेप्सिस, मेनेन्जाइटिस)
- परिवारमा यस्तै रोगको इतिहास
यो साथै अति धेरै
दोहोरिने या अति दुख दिएका स्वप्रतिरक्षित (autoimmune) या
स्वसुजन रोग या कोष कमी रोग या कोष अत्यधिक बढ्ने या छाला र आन्तरिक अंगका अलेर्जी
र घाउ पालेर बस्नु हुन्न l यी क्यान्सर होइनन् भने पक्कै
इम्युन रोग हुन सक्छन । सचेत बनौं
PID पत्ता लगाउन
· रगत
परीक्षण (immune cells जाँच)
- परिवारको स्वास्थ्य इतिहास हेर्ने
- genetic परीक्षण गर्ने
- इम्युन प्रणालीका प्रस्तुति विशेष
जाँचहरू
उपचार (Treatment)
PID को उपचार
रोगको प्रकार अनुसार फरक हुन सक्छ सामान्यतयाः
- इम्युनोग्लोबुलिन थेरापी (IVIG/SCIG)
– शरीरलाई आवश्यक antibodies दिने
- एन्टिबायोटिक – सङ्क्रमण रोक्न वा
नियन्त्रण गर्न
- केही गम्भीर अवस्थामा bone
marrow transplant
- जीन उपचार, इम्युन प्रवर्धक, इम्युनपरिमार्जक औषधिद्वारा
उपचार
- स्वस्थ जीवनशैली (सन्तुलित आहार,
सरसफाइ, नियमित जाँच)
- विशेषज्ञ चिकित्सक (immunologist/paediatrician)
मार्फत उपचार सम्भव छ ।
रोग पहिचान किन आवश्यक छ?
- समयमै पहिचान भएमा जीवनरक्षा गर्न
सकिन्छ ।
- बिरामीको जीवनयापन सहज हुन्छ ।
- ढिला भएमा गम्भीर संक्रमण वा जटिलता
हुन सक्छ ।
- अङ्गभङ्ग हुनबाट बचाउन सकिन्छ ।


